भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
विरगंज, ९ माघ । आन्दोलनरत मधेसी मोर्चाले बारा र पर्सामा प्रमुख ३ दललाई कुनैपनि कार्यक्रम नगर्न धम्की दिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बारा र पर्सामा कुनै पनि कार्यक्रम नगर्न नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीलाई धम्की दिएको हो ।
मोर्चाका अगुवा नेताहरुले विज्ञप्ति जारी गरेर पर्सा र बारामा कुनै पनि कार्यक्रम नगर्न कांग्रेस, एमाले र एमाओवादीलाइ धम्की दिएका हुन् । ‘मधेस विरोधी संविधान बनाउने तीन दललाई मधेसमा कार्यक्रम गर्न पाउने हक छैन’, मोर्चाका नेता एबम् संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले भने, ‘रंगेली घटनाबाट पनि हामीले पाठ सिकिसक्यौँ, यदि हाम्रो आग्रहलाई अटेर गरी कुनै कार्यक्रम गरे भने परिणाम ठीक हुँदैन ।’
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
0 comments:
Post a Comment