तेल राजनीतिको रस्साकस्सी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


इरानको राजधानी तेहरानबाट १२ सय ५० किमि टाढा पर्ने पर्सियन खाडीस्थित ग्यास प्रशोधन केन्द्र । 

माघ १४, २०७२- कच्चा तेलको मूल्य एकपटक फेरि प्रतिब्यारेल २८ डलरभन्दा तल झरेको छ । बेन्ट क्रुडको मूल्य २७ दशमलव ६७ डलर प्रतिब्यारेल पुगेको छ, जुन सन् २००३ पछि सबैभन्दा कम दाम हो । अमेरिकी क्रुडको मूल्य प्रतिब्यारेल २८ दशमलव ३६ डलरमा झरेको छ । 
धेरै विश्लेषकले सन् २०१६ मा तेलको मूल्यका बढोत्तरी अनुमान नकारेका छन् । मोर्गन स्ट्यान्लीका विश्लेषकहरूको भनाइमा चीनले आफ्नो मुद्रामा अझै अवमूल्यन गरे पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल २० डलरसम्म गिर्ने सम्भावना छ । रोयल बैंक अफ स्कटल्यान्डका अर्थशास्त्रहरूले १६ डलरसम्म झर्ने सम्भावना औंल्याएका छन् । 

स्ट्यान्डर्ड चार्टर्डको अनुमानमा भने १० डलरसम्म झर्ने सम्भावना छ । 

कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरभन्दा तल झर्नुको कारण के हुन सक्छ ? यसमा कसरी सुधार आउँछ ? त्यसो त, तेलको मूल्य तल ओर्लिनुको प्रष्ट कारण हो, आपूर्तिको परिमाण अत्यधिक र माग कम । चीनको आर्थिक गति कम भएकाले वस्तुको माग कम भएको छ । जब कि, ओपेक देशहरूमध्ये एक तिहाइ तेल उत्पादन गर्ने साउदी अरेबियाको जोड उत्पादन कम गरेर मूल्य बढाउनको साटो आफ्नो बजारलाई कायम राख्नेमा देखिन्छ । 

ठीक यही बेला अमेरिकाको सेल तेलको उत्पादन बढ्नु अर्थ, अब उसले तेलको आयात कम गर्छ भन्ने हो । यसबाट अन्तर्राष्ट्रिय बजारमा तेलको माग कम हुनेछ । जसबाट गैरअमेरिकी र गैरओपेक तेल उत्पादकहरूको समस्या बढ्नेछ । ती मुलुक खासगरी उत्तरी सागरमा कटौतीको सामना गरिरहेका छन् । अब प्रश्न उठेको छ, के उत्तरी सागरमा ३५ डलर प्रतिब्यारेलभन्दा कममा तेलको उत्पादन व्यावहारिक छ ? 

बीपी, सेल, टोटल र एक्सन मोबलीजस्ता ठूला तेल कम्पनीहरूले हालको संकटबाट जोगिन अर्बौं डलरको लगानी कटौती र हजारौं रोजगारी समाप्त गरिदिएका छन् । चाल्र्स स्ट्यान्लीका मुख्य अर्थशास्त्री जेरेमी ब्याटस्टोनको चेतावनी छ, ज्यादा मूल्य गिर्‍यो भने ठूला कम्पनीले साँच्चै नोक्सानी बेहोर्नुपर्नेछ । त्यसको पहिलो लक्षण लगानीकर्ताले पाउने लाभांशमा कटौतीका रूपमा देखिने उनको भनाइ छ । यस्तो अवस्थाबाट ठूला तेल कम्पनीहरू अहिलेसम्म बच्दै आएका थिए । 

वुड म्याकेन्जीका तेल विश्लेषक एलन गेल्डेरको भनाइमा पेट्रोलियम पदार्थको हालको मूल्यमा पनि उत्तरी सागरका धेरै उत्पादकलाई साँच्चै समस्या हुन थालिसकेको छ । 

उनका अनुसार उत्तरी सागरमा काम गर्ने ती कम्पनीहरू कुनै हिसाबले लागत घटाएर बच्न सफल हुँदै आएका छन् । यद्यपि, भविष्यमा लगानीका लागि त्यस क्षेत्रमा पैसा नै बच्ने अवस्था नरहेको गेल्डेरको विश्लेषण छ । 

कच्चा तेलको मूल्य कति हुनुपर्छ ?
डन्डी विश्वविद्यालयका सेवा निवृत्त प्राध्यापक तथा मध्यपूर्वका विशेषज्ञ पौल स्टिभेन्सको अनुमानमा तेलको मूल्य सैद्धान्तिक रूपमा २० देखि २५ डलर प्रतिब्यारेलसम्म झर्न सक्छ । उनको विश्लेषणमा अधिकांश सेल तेलका उत्पादकले वर्तमान मूल्यलाई झेल्न सक्छन् । उनको अनुमानमा सेल तेलको उत्पादन लागत प्रतिब्यारेल ४० डलर पर्छ । तर, जबसम्म त्यसको मूल्य प्रतिब्यारेल २५ डलरसम्म आउँदैन, उनीहरूले उत्पादनलाई निरन्तरता दिनेछन् । 

जब कि, गेल्डेरलाई त्यस्तो लाग्दैन कि अधिकांश अमेरिकी उत्पादक ५० डलर ब्यारेलभन्दा तल उत्पादन कायम राख्न सक्छन् । ‘अमेरिकाका केही स्थानमा अपरेटर कम मूल्यमा पनि उत्पादन जारी राख्न सक्छन् । तर, ३० डलरभन्दा तल किफायती हुँदैन,’ उनी भन्छन्, ‘बहुत बढी संख्यामा तेल उत्पादन यस स्तरमा जिउँदो रहन सक्दैन । भेनेजुएला, अल्जेरिया, नाइजेरियामा गम्भीर आर्थिक समस्या उत्पन्न भइरहेको छन् । र, मूल्य बढ्ने र मानिस बेरोजगार बन्ने कारणले राजनीतिक असन्तोष पैदा हुँदै छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment