भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
काठमाडौँ, १ माघ - बङ्बन्धु गोल्डकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ ।
बङ्लादेशको बङ्बन्धु रङ्गशालामा केहीबेर अघि सम्पन्न खेलमा दुवै टोलीले समान अवसर पाए पनि गोल गर्न सकेनन् । बराबरीपछि नेपाल गोल अन्तरका आधारमा समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेश समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो ।
समूह चरणको अन्तिम खेलअगावै दुवै टोलीे सेमिफाइनल प्रवेश गरिसकेका थिए ।
गत वर्षको विजेता मलेसिया समूह चरणको अन्तिम खेलमा आज श्रीलङ्कासँग २–१ ले पराजित भएसँगै दुवै टोली सेमिफाइनल पुगेका हुन् ।
यसअघि समूहचरणको पहिलो र दोस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी र श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment