शहरको जिबन तपाइँका लागी ‘प्राणघातक’ हुनसक्छ !

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

pollution

काठमाडौं, पैसा कमाउन तथा राम्रो जिवन बाच्नका लागी धेरैजसो मानिसहरू शहरूमा बस्न चाहन्छन, तर के तपाइँलाइ थाहाँ छ कि जुन शहरको जिन्दगीले तपाइँलाइ पैसा सुख सुविधा दिने गर्दछ । त्यसले तपाइँको जिवन खतरामा पार्न सक्दछ ।
पछिल्लो समय बढिरहेको बायु प्रदुसणका कारण संसारका कयौं देशहरूमा शहरहरूमा बस्न निकै खतरा हुने देखिएको छ । हालै गरिएका बिभिन्न अध्ययनहरूले पनि शहर बस्नका लागी उपयुक्त नभएको देखाएका छन । बढ्दो कलकारखाना, सवारी साधनहरूको बढ्दो संख्याका कारण भैरहेको बायु प्रदुशणका कारण चीनको बेइजिङ जस्तो बिकसित शहर अहिले यस समस्यामा जुधिरहेको छ । बेइजिङ मात्र हैन संसारका कतिपय बिकसित मुलुकहरूका शहरहरू समेत अहिले यहि समस्याबाट गुज्रिरहेका छन ।
शहरमा बस्ने मानिसहरूमा यस प्रकारको समस्याले बिभिन्न प्रकारका दीर्घकालिन रोगहरू निम्त्याउने कुरा डक्टरहरू बताउँछन । छिमेकी मुलुक भारतका कानपुर र दिल्ली जस्ता शहरहरू सबैभन्दा पोल्यूटेड शहर रहेको कुरा हालैको एक अध्ययनले देखाएको छ । यी समस्याहरूबाट जोगिनका लागी शहरमा बसाइँ सर्ने मानिसहरूले एक पटक राम्ररी बुझेर मात्र शहरतिर बस्ने कुरा सोच्नुपर्ने डक्टरहरूले बताएका छन । नेपालमा पनि पछिल्लो समय राजधानी लगायत बिभिन्न शहरहरू निकै प्रदुशित भैरहेको देखिएको छ । यसैले शहरी जिवन बाँच्ने र सुविधाहरू उपभोग गर्ने नाममा मानिसहरूले आफ्नो स्वास्थयमाथिनै खेलबाड नगर्नका लागी उनीहरूले सुझाव दिएका छन । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment