गंगापूर्ण हिमालबाट हिमपहिरो खस्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २३, २०७२- हिउँ नपर्दै 'अफ सिजन' मा हिमालपारी मनाङको गंगापूर्ण हिमालबाट हिमपहिरो खसेको छ । समुद्री सतहदेखि ७ हजार ४ सय ५४ मीटर उचाईको गंगापूर्ण हिमालको तल्लो भागबाट मनाङ गाउँतर्फ भागमा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।
ठूलो मात्रामा खसेको हिमपहिरो ३ हजार ५ सय ४० मीटर उचाइमा रहेको गंगापूर्ण तालमा नआउँदै बीचमै छिन्नभिन्न भएको मनाङका टासी आर घलेले बताए । उनका अनुसार बुधबार बिहान ११ बजेतिर हिमपहिरो खसेको थियो । 'हिउँ त बेलाबेलामा खसिरहन्थ्यो । तर, यो हिउँ खस्ने समय होइन' उनले भने, 'पुरानो हिउँ खसेको छ, नयाँ भने होइन ।'
हिमालबाट हिमपहिरो खसेपछि स्थानीयवासिन्दाले २ वटा कारण प्रस्तुत गरेका छन् । स्थानीय छिरिङ लोप्साङका अनुसार जलवायु परिवर्तनका कारण बेसिजनमै हिमपहिरो गएको हुनसक्छ । 'यसअघि ठूलोमात्रामा सन् २००७ मा हिमपहिरो गएको थियो । त्यतिबेला गाउँ नै ढाक्नेगरि तुयाँलो छाएको थियो । त्यसयता ठूलो आएको छैन' उनले भने, 'तापक्रम बढ्दै गएपछि विस्तारै हिउँ झरेको हुनसक्छ ।' सरकारी तथ्याङ्क अनुसार जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा हरेक बर्ष ० दशमलब ०८ र औषतमा ० दशलमब ०६ डिग्री सेल्सियसका दरले बृद्धि हुँदै गएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) मनाङका यामबहादुर गुरुङका अनुसार हिमालको बीचभागबाट 'ग्ल्यासियर' पग्लेर पहिरो गएको हुनसक्छ । बैशाख १२ गतेको भूकम्प र त्यसपछि पटक-पटक आउने परकम्पनका कारण चट्टानहरु चर्किएको र अहिले हिमपहिरो खसेको हुनसक्ने उनले बताए । 'हिउँ परेपछि हिउँ धेरै भएर हिमचुचुराबाट हिमपहिरो जानु स्वभाविक हो' उनले भने, 'हिउँसंगै हिउँ पनि नभएका काला पत्थरपनि झरेकाले पनि यो सामान्य नहुन सक्छ ।' स्थानीयले यसलाई सामान्य रुपमा लिएको उनले बताए । '९/१० बर्षको फरकमा यसरी ठूलाठूला हिमपहिरो झरिरहन्छ' स्थानीयलाई उद्धृत गर्दै उनले भने, 'सानोतिनो झरिराख्ने हो, अहिले हिउँ नपरेको बेला गयो भन्नुमात्रै हो, यो चलिरहन्छ ।'

स्थानीयका अनुसार हिमपहिरो खसेपछि अन्न उब्जाउ हुने र राम्रो बर्षको रुपमा लिने गरिएको छ । 'अन्न हुन्छ, सवैलाई राम्रो हुन्छ भन्ने विश्वास छ' छिरिङले भने, 'यो जनविश्वास हो, यथार्थ फरक हुन सक्छ ।'

मनाङमा पर्ने ७ हजार ४ सय ५४ मीटर उचाईको गंगापूर्ण हिमालको तल्लो भागबाट खसेको हिमपहिरो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment