कांग्रेसले संघीय संरचनाअनुरुपको विधान तयार पार्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सभापतिको अधिकार बढ्ने, पदाधिकारी बढाउनेबारे मतभेद


आसन्न १३ आैँ महाधिवेशनमा केन्द्रीत भएको नेपाली कांग्रेसले संघीय संरचना अनुरुपको विधान तयार पार्ने भएको छ। संघीय संरचना अनुरुपको विधान आउने भएपनि पदाधिकारी संख्याबारे भने दुई पक्षवीच सहमति जुट्न सकेको छैन। 
 
महाराजगन्जस्थित सभापति सुशील कोइरालाको निवासमा शुक्रवार साँझ बसेको विधान समितिका सदस्यसहित बसेको पदाधिकारी बैठकमा शीर्ष नेताहरुले सबै पक्षबाट आएका राय सुझावलाई मनन गर्दै लिपिबद्ध गरेर लिखितरुपमा विधान टुंगो लगाएर ल्याउन सुझाव दिएका हुन्। विधान समितिले पदाधिकारी बैठकमा शीर्ष नेताहरुसँग विधानबारे सुझाव मागेपछि नेताहरुले कसैलाई अन्याय र विवादरहितरुपमा विधान तयार पारेर ल्याउन यस्तो सुझाव दिएका हुन्।  
 
बैठकमा पार्टी सभापति सुशील कोइरालाले विधान केही परिमार्जन गर्न आवश्यक रहेका र विवादरहितरुपमा सबै विषय सहमतिमै टुंगो लगाएर तयार पार्न सुझाव दिएका छन्। उनले पार्टीको महाधिवेशन नजिकिएकाले विवाद गरेर नअल्झिन समेत आग्रह गरेका थिए। बरिष्ठ नेता शेरवहादुर देउवाले भने नेपाल संघीय प्रदेशमा गइसकेकाले केन्द्र र प्रदेशवीचको सम्बन्ध बलियो हुने गरी विधान सहमतिका साथ तयार पार्न सुझाव दिएका छन्। देउवाले वैठकमा गाउँ अधिवेशन सुरु हुन केही दिनमात्रै बाँकी रहेकाले विधानमा नअड्किन निर्देशन समितिलाई दिएका थिए। 
 
विधान समितिका संयोजक आनन्द ढुंगानाले शीर्ष नेताहरुले मुलुक संघीय संरचनामा गइसकेकाले समयसापेक्ष विधान तयार पार्न सुझाव दिएको बताए। उनले भने–संघीय संरचना अनुरुप नयाँ व्यवस्था गरेर पार्टी अघि बढाउनु पर्छ। त्यही अनुसार विधान ल्याउनुस् भन्नुभएको छ। हामीले सबै सुझावलाई समेटेर विधान बनाएर दिन्छौँ।’ ढुंगानाले माघ ६ गतेभित्रमा विधानको टुंगो लगाएर पदाधिकारीलाई लिखितरुपमा बुझाउने र पदाधिकारीहरुले अध्ययन गरेपछि केन्द्रीय समितिमा पेश गर्ने जानकारी दिए।  वैठकमा आफूहरुले समितिको बैठक र भइरहेका छलफलबारे नेताहरुलाई विफ्रिङ गरेको बताए।  
 
यता विधान समितिमा बाहिर आएजस्तो कुनै विवाद नभएको समितिकी सदस्य एवम् देउवा पक्षीय नेता पुष्पा भुसालले बताउँछिन्। भुसालले विधान समितिमा बाहिर आएजस्तो पदाधिकारीको संख्या बढाउनेबारे अहिलेसम्म कुनै छलफल समेत नभएको स्पष्ट पारिन्। सेतोपाटीसँग कुराकानी गर्दै उनले भनिन्–सभापतिको अधिकार बढाउने विषयमा मात्रै समितिमा छलफल भएको छ। हामीले पनि सभापतिको अधिकार बढाउनु पर्छ भन्नेमै जोड दिएका छौँ। तर बाहिर मिडियामा आएजस्तो पदाधिकारीको विषयमा अहिलेसम्म कुनै कुरा भएको छैन।’
 
उनले संघीय राज्यमा मुलुक गइसकेकाले संघीय संरचना कस्तो हुने भन्नेबारे समितिमा छलफल भइरहेको र यसबारे शीर्ष नेताहरुले पनि आफ्नो सुझाव दिएको बताइन्।  पदाधिकारी बैठकमा शीर्ष नेताहरुले पनि पदाधिकारी बढाउनेबारे कुनै नगरेको उनले वताइन्। उनले भनिन्–‘पदाधिकारी बढाउनेबारे पनि शीर्ष नेताहरुले केही भन्नुभएको छैन। अहिले चुनावी महाधिवेशन भएकाले पनि विधान समितिले पदाधिकारीको संख्या बढाउन मिल्दैन। चुनावी महाधिवेशन भएकाले यस्ता कुरामा विवाद गर्नु जायज हुँदैन त्यसैले पदाधिकारी बढाउनेबारे शीर्ष नेताहरुले केही कुरा झिक्नु भएको छैन।’   
 

विधान समितिले शुक्रवार शीर्ष नेताहरुले दिएका सुझावलाई समेत समेटेर केही दिनमै विधान टुंगो लगाएर केन्द्रीय समिति बैठकमा लैजाने तयारी गरेको छ। समितिले विधान संशोधनको प्रस्ताव लगेपछि केन्द्रीय समितिले प्रस्ताव पारित गर्ने र महाधिवेशनबाट पास हुने हुनेछ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment