साउदीले आप्रवासी कामदारकै भाषामा एसएमएस गरेर श्रम कानुनबारे बुझाउने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२४ पुस, काठमाडौं । साउदी अरबले आफ्ना देशमा कार्यरत आप्रवासी मजदुरलाई उनीहरुकै भाषामा श्रम कानुनबारे एसएमएस र फोनकलबाटै जानकारी दिने भएको छ ।
 saudis-labour-ministry (1)

साउदीको श्रम मन्त्रालय र त्यहाँको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी साउदी टेलिकम (एसटीसी) बीच यस्तो सेवा सुरु गर्ने विषयमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
अब विदेशी कामदारहरुलाई एसएमएस तथा फोनबाटै समेत साउदीको श्रम कानूनबारे जानकारी दिइने छ । यसैगरी कामदारको काम, कर्तब्य र अधिकारबारे पनि सरकारले एसएमएसबाटै सचेत गराउनेछ ।
यी सञ्चार तथा सम्वादहरुमा आप्रबासी कामदारहरुकै भाषा पनि प्रयोग गरिने हुनाले सहजै कामदारले कानुनबारे जानकारी पाउनेछन् । नेपाली कामदारले श्रम कानुनबारे लेखिएका एसएमएस आफनै मोबाइलमा नेपाली भाषामा नै प्राप्त गर्नेछन् ।
साउदीका श्रम मन्त्री मुफ्रीज अल-हक्बानीले यो सेवाको सुरुवातले सरकार र आप्रबासी कामदारबीचको दुरी कम भएको बताए ।
उनले साउदी सरकारले आप्रबासी कामदारको अधिकारको रक्षा कानुनी रुपमा गरिएको भन्दै त्यसलाई कामदारले सहजै पाउन सुवात हुन लागेको फोन तथा एसएसएस सेवाले सहयोग गर्ने उल्लेख गरे ।
यसबाट साउदी सरकार र कामदारबीचको समबनध पनि सुध्रिने त्यहाँको श्रम मन्त्रालयको विश्वास छ ।
यो सेवाको सुरुवातपछि कामदारलाई आफ्नो अधिकार प्राप्तमा सहज हुने र त्यसबाट उत्पादनसमेत बढ्ने मन्त्री अल-हक्बानीले बताएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment