मनाङमा फेरि हिमपात

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २४, २०७२- हिमालपारीको जिल्ला मनाङमा फेरि हिमपात शुरु भएको छ । यस बर्ष पहिलोपटक कात्तिक दोस्रो साता हिमपात भएकोमा २ महिनापछि शुक्रबारदेखि हिमपात भएको स्थानीयले बताएका छन् ।
माथिल्लो मनाङको ७ गाविससहित सदरमुकाम चामे वरपर र नार साथै फू गाविसमा शुक्रबारदेखि हिमपात भएको स्थानीयको भनाई छ । मनाङ गाउँस्थित होटल तिलिचोका संचालक छिरिङ लोप्साङ गुरुङले हिउँ पर्न थालेपछि चिसो बढेको र मानिस बाहिर निस्कन नसकेको बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका निमित्त प्रमुख कैलाश तिवारीले शुक्रबार दिउँसोदेखिको हिमपातले पर्यटकहरु अघि बढ्न नसकेको बताए । उनका अनुसार पर्यटक जहाँ पुगेका छन्, त्यही रोकिएका छन् । ५ हजार ४ सय १६ मीटरको थोराङ्लामा पनि हिमपात भइरहेकोले हिमपातमा पर्यटकले उक्त भञ्ज्याङ चढ्न नसक्ने उनको भनाई छ ।
केवलजंग गुल्म मनाङका गुल्मपति मेजर मदन थापाका अनुसार वरपर कुहिरोले ढक्कमक्क ढाकिएको छ । कुनै ठाउँमा कुहिरोका कारण मानिस चिन्न सकिएको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले शुक्रबार दिउँसो साढे १२ बजेदेखि हिमपात शुरु भएको बताए । उनका अनुसार पर्यटक तथा स्थानीय हिँड्ने बाटोमा हिउँ जमिसकेको छ । निरन्तर हिउँ परेमा यसले क्षति पुर्‍याउने भएकाले सुरक्षा र स्वास्थ्य क्षेत्रलाई सतर्क रहन निर्देशन दिएको उनले बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment