टन्सिलाइटिस कस्तो रोग हो, अनि कसरी लाग्छ र यसबाट बच्ने उपाय के के हुन् ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मिडिया एनपी, काठमाडौं, । चिसो मौसम र धुलो र धुवाँमा बस्दा मानिसलाई घाँटी दुख्ने गर्छ । तर, कहिले काहीँ टन्सिलका कारण पनि घाँटी दुख्ने तथा केही निल्दा र बोल्दा अप्ठ्यारो महसुस हुने गर्छ ।
टन्सिल मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । साथै टन्सिलले निर्माण गर्ने म्याक्रोकाज नामको कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।

tansil
टन्सिलाइटिस एकअर्कामा जीवाणु सरेर, सामान्य ब्याक्टेरियाहरुबाट, मुख र दाँतको राम्रोसँग सरसफाई नगर्नु र रोगको विकासका कारण पनि लाग्न सक्छ । कान दुख्ने टाउको दुख्ने सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ । मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन् ।
यसरी टन्सिलको संक्रमण यसको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ । साथै टन्सिल वरिपरी पीप जम्मा हुनु कान पाक्नु बाथ ज्वरो आउनु मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएकोहरुमा मुटु सुनिने पनि हुन सक्छ । जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ ।
यसका लक्षणहरु
  • सुरुमा बिरामीलाई घाँटीमा अफ्ठयारो हुनु
  • भोक नलाग्ने र अल्छि लाग्न गर्छ
  • बिस्तारै ज्वरो आउन थाल्छ
  • टन्सिलहरु सुनिएको र रातो रातो देखिन्छ
  • पिप बग्ने वा सुजन हुनसक्छ
उपचार
  • आराम गर्नु पर्छ
  • झोल कुराहरु खानु पर्छ
  • ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ
  • चिसो र चिल्लो वाट टाडै रहनु पर्छ
यी बाहेक अन्य लक्षण र निदानका अरु उपाय पनि हुन सक्छ । घाँटीमा असहज भएका चिकित्सकसँग भेटगरी उनीहरुको सल्लाहमा उपचार गरे सबै भन्दा उत्तम हुन्छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment