विरामी नेपालमा, उपचारचाहिं लन्डनबाट

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ १२, २०७२- सूचना प्रविधिले विश्व साँघुरिएको सन्दर्भ त अब नौलो लाग्न छाडिसक्यो । दिनप्रतिदिन यसका नयां आविष्कारले मानिसलाई जत्ति चलायमान बनाएको छ, सेवा सुविधा पनि बसीबसी त्यत्तिनै थपिन थालेको छ । सन्दर्भ हो, अन कल रुम नामक एपको । बेलायतमा स्वास्थ्य क्षेत्रमा समर्पित चिकित्सकसहित पेशेवरहरुको एउटा समूहले ल्याएको उक्त एपमार्फत अब नेपालको अपरेशन थिएटरमा रहेको विरामीले लन्डनबाटै उपचार सुविधा पाउन सक्छ ।
अलिक अपत्यारिलो लाग्यो होला । त्यो के भने, नेपालको कुनै अस्पतालको अपरेशन थिएटरमा विरामी छटपटिइरहेको छ । जटिल केस सुल्झाउन नेपाली चिकित्सकहरुलाई पनि हम्मे हम्मे परेको छ भने त्यो आपतकालिन अवस्थामा बेलायतका विशेषज्ञहरुले रोग के हो ? उपचार विधि के ? औषधि के ख्वाउने ? आदिबारे निर्देश गर्न सक्छन् सोही एप मार्फत । यसबाट चिकित्सकसँगै नर्स र सहायकहरु पनि लाभान्वित हुन सक्नेछन् ।
उत्कृष्ट एक सय ‘ग्लोवल डिजिटल हेल्थ लिष्ट’ मा सूचीकृत अन कल रुम विश्वकै पहिलो स्वस्थ्य सेवाको सञ्जाल भनिएको छ । नयाँ प्रविधिमार्फत समकक्षीहरुबाट सिक्न र आफ्नो दक्षता अरुमा बांड्न यो उपयोगी हुने संस्थापक डा. सन्दिप बन्सलले जनाए । उनले नयां प्रविधि प्रयोग गरेर स्वास्थ्य सेवालाई नयां रुपान्तरण गर्ने लक्ष्य आफूहरुको रहेको बताए । ‘जब स्वास्थ्य सेवाका पेशेवर प्रविधिमार्फत जोडिन्छन्, तब चिकित्सकमात्र नभइ विरामी पनि शिक्षित भई चिकित्सा क्षेत्रमा सुधार आउने हाम्रो अपेक्षा छ’, बन्सल भन्छन् ।
निशुल्क दर्ता गरेर सदस्य बन्न सकिने उक्त एपमा शेयर गरिएका चिकित्सक, नर्स र विरामीका सबै विवरण गोप्य एवं सुरक्षित रहने, जिज्ञासाको तत्काल जवाफ, हेल्थ टिप्स्, स्वास्थ्य सम्वन्धि जिज्ञासा र समाधान, स्वास्थ्य समाचार आदि समावेश हुने प्रवन्ध निर्देशक डा. अशोक बन्सलले जनाए । अशोकका भनाइमा यस्तो प्रयोगका लागि उद्यमी, स्वास्थ्य सेवामा संलग्न पेशेवर र प्राविधिक वीज्ञहरु रातैदिन स्ट्याण्ड बाइ छन् ।
वेल्स्मा नर्सिङ होम सञ्चालन गरिरहेका नेपाली व्यवसायी वीपी खनालले यस्तो एपबाट नेपालीले उल्लेख्य लाभ लिन सक्ने जनाए । ‘सुन्दा नौलो लागेपनि विज्ञहरु सम्मिलित त्यो सञ्जालभित्र छिरिसकेपछि स्वास्थ्य क्षेत्रका अनेक अप्ठ्यारा समाधान र सुझाव सल्लाह प्राप्त गर्दा ज्यादै उपयोगी लाग्छ’, सदस्य बनिसकेका खनाल भन्छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment