राजकुमारले बोर्डमा केसीलाई स्वागत गर्दा अमेरिकाबाट सुरेशको आक्रोश

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

तर, १८ वटा मिटिङमा अनुपस्थित थिए दर्पण
utam-kc-and-suresh
चलचित्र विकास बोर्डका सदस्य समेत रहेका निर्देशक सुरेश दर्पण पोख्रेल अमेरिका गएको करिब ५ महिनापछि उत्तम केसीलाई उनको स्थानमा बोर्डमा ल्याइएको छ ।
उत्तम केसी एमाले निकट जनपक्षिय चलचित्रकर्मी संघका केन्द्रिय सदस्य हुन् । उनलाई संघका अध्यक्ष केशव भट्टराइको विशेष पहलमा सूचना तथा संचारमन्त्री शेरधन राइले बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।
उत्तम केसीलाई चलचित्र विकास बोर्डमा स्वागत गरिएको छ । नेपाली कांग्रेस निकट मानिने बोर्ड अध्यक्ष राजकुमार राइले एमाले निकट उत्तम केसीलाई बोर्डमा स्वागत गरे । उत्तम केसीको स्वागत बोर्डमा भैरहँदा अमेरिकामा रहेका सुरेश दर्पण पोख्रेलले भने आक्रोश पोखेका छन् ।
आफू बिहिबार नेपाल र्फकन लागेको भन्दै उनले आफू बहाल रहेको चलचित्र विकास बोर्डको सदस्य पदमा संचारमन्त्रीले मनमोजी शैलीमा नियम कानुनको पर्वाह नगरि सम्बन्धित पक्षलाई सामान्य सफाई दिने अवसर समेत नदिई निरंकुश शैलीमा खल्तीबाट बोर्ड सदस्य हेरफेर गरेको आरोप लगाएका छन् ।
दुई अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा उल्लेख्य सहभागीता र आगामी सालमा अमेरिकामा नै नेपाली चलचित्रको महोत्सव गर्ने पूर्व तयारी सम्पन्न गरेर आफू नेपाल र्फकन लागेको सुरेशको भनाई छ ।
उनले आफ्नै सक्रियतामा घोषणा हुन लागेको इ-टिकेटिङको कार्यन्वयन रोक्न खोज्ने शक्तिहरुकै कारण यस्तो निर्णय भएको दाबी समेत गरेका छन् । उनले अदालतको ढोका समेत ढक्ढकाउन पछि नपर्ने उल्लेख गरेका छन् ।
सूचना तथा संचारमन्त्रालयको मातहतमा रहेको चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा मन्त्री फेरिएसँगै सदस्य फेरिएका हुन्छन् । आफू निकट राजनीतिक दलसँग आवद्ध चलचित्रकर्मीलाई बोर्ड र सेन्सर बोर्डमा नियुक्त गर्ने प्रचलन कुनै नौलो होइन ।
सुरेश दर्पण पोख्रेललाई पनि पूर्व संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले चलचित्र सेन्सर बोर्डमा नियुक्त गरेका थिए । तर, आफूहरुको कार्यकाल नसकिदै राजनीतिक आस्थाको आधारमा नियुक्ती गरिएको भन्दै २ जना बोर्ड सदस्य भूमिका सुब्बा र उषा लोहनीले अदालतमा उजुरी दिएका थिए । अदालतले यी दुइको पक्षमा फैसला गरेपछि सुरेश र मेलिना मानन्धर सेन्सर बोर्डबाट हट्नु परेको  थियो ।
चलचित्र विकास बोर्डमा पनि नेपाली कांग्रेस निकट भएकै कारण राजकुमार राई, सुरेश दर्पण पोख्रेललाई पूर्व संचारमन्त्री मिनेन्द्र रिजालले  नियुक्त गरेका थिए । बोर्ड  सदस्य सुरेश दर्पण  विना जानकारी १८ वटा मिटिङमा अनुपस्थित रहेको वुझिएको छ । १८ वटा मिटिङमा अनुपस्थित रहेका दर्पण बोर्ड अध्यक्ष राजकुमार राइसँग पनि औपचारिक सम्पर्कमा छैनन् ।
सुरेशलाई २ बर्षका लागि बोर्डमा  नियुक्त गरिएको थियो । यसैले पनि उनी अदालतसम्म पुगे भने फैसला उनको पक्षमा हुनसक्छ ।
जबसम्म, राजनीतिक नियुक्तीको रोगले बोर्ड र सेन्सर बोर्डलाई छाड्दैन, तबसम्म यस्ता खालका घटना भैरहने देखिन्छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment