भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
२३ माघ, काठमाडौं । स्थानीयबासी र भारतीय ब्यापारीको बलमा वीरगञ्ज नाका खुलेपछि भारतीय आयल कर्पोरशनको रक्सौल डिपोले डिजेल र पेट्रोलको लोड दिएन ।
वीरगञ्ज नाका शुक्रबार खुलेको थियो । लोड लिन भन्दै शनिबार विहान ३५ वटा नेपाली ट्यांकरहरु रक्सौल पुगे । तर, डिजेल र पेट्रोलको लोड दिन मानेन । आइओसीका अधिकारीले डिपोमा तेल भण्डारण कम भएको तर्क गरेको छ ।
माथिल्लो निकायबाट नाका खुलेको खबर नआएकाले वीरगञ्ज भएर तेल भित्रिने गरी लोड नदिएको आयल निगमका एक उच्च अधिकारीले बताए । ‘नाका खुलेकोबारे हामीले हिजो नै जानकारी गराएका थियौं’ निगमका एक अधिकारीले अनलाइनखबरसँग भने-‘तर, उनीहरु माथिको आदेश आएको छैन भनिरहेका छन् ।’
रक्सौल डिपोले१४ वटा ट्यांकरमा हवाई इन्धन भने दिएको छ । यस्तै ४ ट्यांकर मटि्टतेल पनि लोड भएको छ । यी ट्यांकरहरुमा चेक पोइन्ट बिराटनगर राखेर लोड दिइएको हो । त्यसैले ति सबै लोडेड ट्यांकर वीरगञ्ज नाकाबाट आउन पाउँदैनन् ।
शनिबार वीरगञ्जबाट भित्रिएका ४ वटा ग्यासका बुलेट र एउटा डिजेल ट्यांकर पहिले नै वीरगञ्ज नाकाका लागि चलान भएका हुन् ।
भारतीय आयल कर्पोरेशनले केही समय अघिदेखि नै अन्य नाकाबाट लैजान सक्ने गरी रक्सौलबाट नेपाललाई हवाइ इन्धन र मटि्टतेल दिइरहेको थियो । उसले यसअघि पनि रक्सौल डिपोबाट पेट्रोल र डिजेल दिन मानेको थिएन ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment