नक्कली नोट बनाइ बजारमा ल्याउन गिरोह पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

रौतहट, ७ माघ । रौतहटमा नेपाली नक्कली नोट बनाउने र बजारमा ल्याउने गिरोह पक्राउ परेको छ । नक्कली नोट छापेर बजारमा ल्याएको आरोपमा मेसिनसहित ६ जनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु मध्य गौर–७ जुगल किशोर कुशवाहा, सखुअवा धमौरा ३ का नारायण चौधरी, बालचनपुरका ओसी महम्मद र बारा जिल्ला जितौनाका अभय कुमार रहेका छन् ।
यसअघि माघ ३ गते गोप्य सूचनाका आधारमा भन्सार कार्यालय नजिकैबाट राम प्रवेश यादवलाई एक हजारको एक थान नक्कली नोट सहित पक्राउ गरेको प्रहरीको भनाइ छ । यादवको बयानका आधारमा गौर–५ का मनोजकुमार महतो पक्राउ परेसँगै अनुसन्धानबाट अन्य चार पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट हजारका ४४ थान र पाँच सयका ११ थान नक्कली नोट बरामद गरेको प्रहरीले बतायो । उनीहरुले संगठित रुपमै पाँच सय र एक हजार दरका नक्कली नोटहरु प्रिन्ट गरेर बजारमा पठाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।
बरामद भएका नोटहरुको आकार केही सानो, कागज पातलो छ भने गोप्य सुरक्षा धागो छैन । यो गिरोहले भारतीय बजारबाट किनेर ल्याएको इन्कजेट प्रिन्टरका मद्दतले नक्कली पैसा छाप्ने गरेको खुल्न आएको प्रहरीको दावी छ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment