गणतन्त्रतर्फ पाइला बढाउँदै अस्ट्रेलिया

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सिडनी, माघ ११ । बेलायतकी महारानीलाई ‘राष्ट्र प्रमुख’ मान्दै आएको अस्ट्रेलियाले गणतन्त्रतर्फ पाइला बढाउन थालेको छ । अस्ट्रेलियाका सबैजसो प्रान्तले मुलुकलाई गणराज्य घोषणा गर्ने दिशामा अग्रसरता देखाएका छन् ।
वेस्टर्न अस्ट्रेलिया एकमात्र त्यस्तो प्रान्त हो जसले अहिले नै गणतन्त्रमा जान नहुने धारणा राखेको छ
त्यसबाहेक सबै प्रान्तले मुलुकमा गणतन्त्र आवश्यक रहेको ठहर गरेका छन् । वेस्टर्न अस्ट्रेलियाका नेता कोलिन बर्नेटले भने, ‘म गणतन्त्रको विरोधी होइन तर अहिले नै त्यसका लागि ठिक समय हो भन्ने मलाई लाग्दैन ।’ अस्ट्रेलियन रिपब्लिकन मुभमेन्टले गणतन्त्रको अभियान चलाएको हो । सो अभियानले संविधान परिवर्तन गरी महारानी एलिजावेथलाई राष्ट्र प्रमुखको पदबाट हटाउन चाहेको हो । अस्ट्रेलियालाई गणराज्यको दर्जा दिने पूर्वाधारको रुपमा तयार पारिएको एउटा दस्तावेजमा वेस्टर्न अस्ट्रेलियाबाहेक सबै प्रान्तका नेताले हस्ताक्षर गरेका छन् । अस्ट्रेलियालाई गणराज्य बनाउने विषयमा सन् १९९९ मा जनमत संग्रह भएको थियो । त्यतिबेला जनमत संग्रहबाट गणराज्यको प्रस्ताव अस्वीकृत भएको थियो । अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री मालकल्म टर्नबुल त्यतिबेला रिपब्लिकन मुभमेन्टका नेता थिए । तर सत्तामा आउनासाथ उनले महारानी एलिजाबेथ द्वित्तीय शासनमा रहुन्जेलसम्म वर्तमान स्थितीमा कुनै परिवर्तन नहुने बताएका थिए । (एजेन्सी) 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment