भारतीय नाकाबन्दीका बेला चीनबाट हुने आयात पनि १४ प्रतिशतले घट्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Nepal-China_flag
१२ माघ, काठमाडौं । दक्षिणी छिमेकी भारतको नाकाबन्दी लगाइरहेका बेला उत्तरको छिमेकी चीनबाट हुने आयात पनि दोहोरो अंकले घटेको छ । गत बैशाखमा गएको बिनासकारी भूकम्पले अबरुद्ध भएको तातोपानी नाका अझै बन्द अवस्थामा रहेकाले चीनबाट पनि आयत हुन सकेको हो ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा चीनबाट हुने आयात १४.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा चीनबाट हुने आयात ४०.१ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार ०७२ मंसिर महिनासम्ममा चीनबाट ३७ अर्ब १८ करोड ६५ लाख रुपैयाँ बराबरका विभिन्न वस्तुहरु आयात भएका छन् । ०७१ को मंसिर महिनामा ४३ अर्ब २९ करोड ७५ लाख रुपैयाँ बराबरका विभिन्न वस्तुहरु आयात भएका थिए ।
चीनबाट तामा, व्याग, केमिकल, कस्मेटिक, ड्राइ सेल ब्याट्री, लसुन, अदुवा, औषधि, कार्यालयका सामाग्री तथा स्टेसनरी, कच्चा उन, सोलार प्यानल, स्टील, जुत्ता चप्पल र लत्ताकपडा लगायका सामाग्री आयात हुने गरेका छन् ।
‘भारत, चीन र अन्य मुलुकतर्फ व्यापार नाकाहरुमा कायम रहिरहेको असहज अवस्थाले गर्दा निर्यात घटेको छ,’ राष्ट्र बैंकले हालै सार्वजानिक गरेको देशको वर्तमान स्थितिमा भनेको छ- ‘कुल वस्तु आयात तराई क्षेत्रमा जारी आन्दोलन तथा दक्षिणी सीमा नाकाहरुमा रहेको अवरोधका कारण आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकोले पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात घट्न गई समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर ऋणात्मक रहन गएको हो ।’
सामान्य अवस्थामा समेत चीनबाट हुने आयातको २५ प्रतिशत भारतको कलकत्ता बन्दरगाहबाट आउने गथ्र्यो । तर, भारतले लगाएको नाकाबन्दीका कारण भारतीय बाटो हुँदै आउने चिनियाँ बस्तु तथा तेस्रो मुलुकबाट हुने आयात समेत प्रभावित भएको हो ।
आर्थिक वर्ष २०७२/७३ को मंसिर महिनासम्ममा कुल वस्तु आयात ३२ प्रतिशतले घटेर २ खर्ब १३ अर्ब ८३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात १६.३ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब ५२ करोड पुगेको थियो ।
मंसिर मसान्तसम्ममा भारतबाट हुने आयात ३९.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको मंसिर महिनाको तुलनामा भन्दा यो मंसिर महिनामा पेट्रोलियम पदार्थको आयात ६३.२ प्रतिशतले घटेपछि भारतबाट हुने आयात घटेको हो । ०७१ मंसिरमा ४९ अर्ब ८८ करोड रुपैयाँ बराबरको पुट्रोलियम पद्धार्थ आयात भएकोमा ०७२ मंसिरमा घटेर १८ अर्ब ३५ करोड खुम्चिएको छ ।
त्यसैगरी एम.एस.विलेट, मेसिनरी तथा पाटपूर्जा, स्टिल डण्डी, चाँदी, कच्चा सोयाविन तेल र खाद्य तेल लगायतका पुँजीगत सरसामान, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुहरुको आयात उल्लेख्य रुपले घटेको राष्ट्र बैंकले जनाएको छ ।
आयात प्रभावित भएसँगै निर्यात पनि २९.१ प्रतिशतलेघटेको छ । यो मंसिर महिनामा नेपालबाट कूल २६ अर्ब १७ करोड रुपैयाँ बराबरका मात्रै विभिन्न वस्तुहरु विदेशन नियार्त भएका छन् । गत वर्षको यसै अवधिमा यस्तो निर्यात १.२ प्रतिशतले ह्रास आई ३६ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
वस्तुगत आधारमा विश्लेषण गर्दा भारततर्फ जिङ्क शीट, लत्ताकपडा, जुस, जि.आई. पाइप लगायतका वस्तुहरु, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक, लगायतका वस्तुहरु र अन्य मुलुकतर्फ दाल, प्रशोधित छाला, चिया, हस्तकलाका सामान लगायतका वस्तुहरुको निर्यात घटेकोे राष्ट्र बैंकले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment