‘संजीवनी बुटी’ खोज्दै दाहालको देश दौडाहा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस




दुई वर्षमा नेपालको नम्बर एक पार्टी बनाउने ‘संजीवनी बुटी’ खोज्दै देश दौडाहामा निक्किएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिबार पाँच नम्बर प्रदेशका नेता कार्यकर्तालाई दाङको घोराहीमा भेट्दैछन्। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महराले १४ जिल्लाका नेता कार्यकर्तासँग ‘संजीवनी बुटी विमर्श’मा उनलाई सघाउने छन्। 
 
यसअघि उनले प्रदेश नम्बर एक, दुई र तीनमा यस्ता विमर्श गरिसकेका छन्।
 
‘प्रचण्डको ‘कमब्याक’ त भएको छैन। तर यसअघि पूर्वका प्रदेशमा भएका भेटघाटमा कार्यकर्ताले प्रचण्डका कुराचाहिँ सुने भन्ने सुनेको छु। प्रचण्ड पुनर्जीवित भएर आए भन्ने सुनेँ। तर त्यो व्यवहारमा देखिन बाँकी छ,’ सबैभन्दा पहिले माओवादी छाडेर अलग्गै माओवादी खोलेका मणि थापाले सेतोपाटीसँग भने। 
 
उनका अनुसार बाबुराम भट्टराईले एमाओवादी छाडेपछि आफूले ‘रियलाइज’ गरे पनि पार्टीलाई रुपान्तरण गरेर व्यवहारमै देखाउन भने बाँकी नै छ। 
 
आफ्नै कमरेडलाई एकअर्कामा जुधाउने र ‘युज एण्ड थ्रो’ गर्ने गरेकाले अध्यक्ष दाहाललाई सबैभन्दा पहिले आफ्नै पार्टी कार्यकर्ताका विश्वास जित्नु चुनौती छ। धेरैपालि आफ्नै कार्यकर्तालाई थाङ्नामा सुुताएकाले अचेल दाहालले साँचो बोले पनि ‘बोल्ने मात्र त हो नि’ भन्ने प्रवृत्ति बढेको छ। त्यसैले बुटी विमर्शमा दाहालले एमाओवादी कार्यकर्तालाई मात्र पनि थामथुम पार्न सके ठूलो उपलब्धि हुनेछ। नेताजति कमरेडबाट ‘सर’ भएपछि एमाओवादी नेता र कार्यकर्ताबीच दुरी बढेको छ। 
 
दुई वर्षमा नेपालको नम्बर एक पार्टी बनाउने धेरै पर छ। 
 
चुनौतीले घेरिएका दाहालसामु संविधानप्रति असन्तुष्ट मधेसी, थारू, मगर आदि आदिवासीलाई फकाउन पनि चुनौति छ। जनयुद्दमा उठाएका मुद्दाजति छाडेपछि उनलाई विप्लव माओवादी र बाबुरामको नयाँ शक्तिमा जाने तल्लो तहका कार्यकर्तालाई छेकबार लगाउनु अर्को चुनौती छ। 
 
माओवादी आन्दोलनको केन्द्र मानिने रुकुमबाट नै सरूण बाँठा मगरको नेतृत्वमा बाबुरामको नयाँ शक्तिमा लागेपछि रोल्पाको एमाओवादीमा जाने सम्भावित पहिरो रोक्न तारजाली लाउनु घोराही विमर्शको चुनौती छ। 
 
दुई वर्षमा नेपालको नम्बर एक पार्टी बनाउने कदमस्वरुप पुत्र प्रकाशलाई सचिवालयमा पुनर्वहाली गरेपछि भने यसपालिको दाहाल उद्घोष पनि उद्घोषमै सीमित रहने एमाओवादी र एमाओवादी शुभचिन्तकमा ‘सन्देह’ फैलिएको छ। 
 
चर्को विरोधपछि दाहालले पुत्र प्रकाश र भतिजा समीरलाई सचिवालयबाट हटाएका थिए। 
 
‘हजार प्रश्न, जिज्ञासा र आशंकासहित कार्यकर्ताहरुको सहभागिता छ। विश्वास गरेका छैनन्, व्यावहारिक विश्वसनीयताको खोजीमा छन्,’ दाहालको जारी दौडाहाबारे एमाओवादी केन्द्रीय सदस्य खगराज भट्टले सेतोपाटीसँग भने।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment