डिपोभरि तेल छ, आयल निगमले दिँदैन, किन ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



बीरगञ्जको बाहना, भित्री धन्दा बेग्लै !
Nepal-oil-Dipo



३० पुस, काठमाडौं । आयल निगमका हाकिमहरुले नै कालो बजारियासँग मिलेर अवैधानिक बाटोबाट तेल बच्दै पैसा कमाउन थालेको धेरै भइसक्यो । भारतबाट तेल सहजरुपमा आउन र काठमाडौंमा सवारी जाम हुन थालिसक्यो, तैपनि निगमका हाकिमहरु निजी सवारी धनीलाई कालोबजारिसँगै भर पर्न सुझाव दिइरहेका छन् ।
भारतीय आयल कर्पोरेशनले सहजरुपमा तेलको लोड दिन थालेपछि आम नागरिक अब निजी सवारीका लागि नियमित रुपमा तेल बाँड्न सुरु हुन्छ भन्ने अपेक्षामा छन् । तर, नियमित रुपमा तेल पाउन अझै केही दिन कुर्नुपर्ने निगमका हाकिम बताउँछन्
नेपाल आयल निगमले वीरगञ्ज नाका नखुलेसम्म निजी सवारीलाई पूर्ववत रुपमा तेल वितरण गर्न नसकिने तर्क गरेको छ ।
अनलाइनखबरसँग कुरा गर्दै आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अहिलेकै अवस्थामा निजी सवारीलाई नियमति रुपमा पम्पहरुबाट तेल दिन नसकिने तर्क गरे ।
उनले निगमसँग देशभरि १३ सय किलोलिटर मात्रै पेट्रोल मौज्दात रहेको दाबी गरे । तर, निगम स्रोतका अनुसार काठमाडौंको थानकोट डिपोमा मात्रै झण्डै ११ सय किलोटिर पेट्रोल मौज्दात छ ।
पछिल्लो तीन सातादेखि भारतीय पक्षले नाकाहरुमा अवरोध नगरेकाले वीरगञ्ज बाहेकका नाकाबाट सहजरुपमा तेल भित्रिरहेको छ । तर, आयल निगमले अझै पनि निजी सवारीलाई पूर्ववत् रुपमा तेल बेच्न सुरु गरेको छैन ।
निजी सवारीले नियमितरुपमा तेल नपाएको झण्डै ४ महिना बित्न लागेको छ । ४ महिनामा निजी सवारीले तीन दिनमात्रै तेल पाएका छन् । पेट्रोल नपाएपछि कालोबजारीको महंगो र गुणस्तरहीन पेट्रोल किनेर सवारी चलाउन उपभोक्ता बाध्य छन्।
आयल निगमसँग कति छ तेल ?
भारतबाट नियमित रुपमा तेल आउन थालेपछि निगमका डिपोहरुमा झण्डै २ हजार किलोलिटर (केएल) पेट्रोल जम्मा भएको छ । तर, निगम भने वीरगञ्ज नाका नखुलेसम्म निजी सवारीलाई दैनिक रुपमा पेट्रोल वितरण गर्न नसकिने अडानमा अडिग छ ।
निगमको बिराटनगर डिपोमा झण्डै ४ सय किलोलिटर पेट्रोल छ भने अमलेखगञ्ज, भलबारी, कैलाली लगायत पाँच वटा डिपोमा एक-एकसय किलोलिटर भन्दा बढी पेट्रोल मौज्दात छ ।
स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार बिराटनगर लगायतका सरकारी डिपोमा खन्याइएको तेल निगमकै कर्मचारी र हाकिमहरुले रातारात कालोबजारियालाई बाँड्छन् र उनीहरुबाटै खुल्लारुपमा महंगोमा तेल बिक्री गरिँदै आएको छ । यस्तो कार्यमा स्थानीय प्रहरी र सरकारी हाकिमको समेत मिलेमतो हुने गरेको छ ।
४ महिनामा निजी सवारीले तीन दिनमात्रै तेल पाएका छन् । पेट्रोल नपाएपछि कालोबजारीको महंगो र गुणस्तरहीन पेट्रोल किनेर सवारी चलाउन उपभोक्ता बाध्य छन्
तर, खड्का भने डिपोमा धेरै तेल नभएकाले बाँड्न नसकिएको तर्क गर्छन् । निकै कम मौज्दात रहेकाले नियमितरुपमा पम्पहरुबाट निजी गाडीलाई तेल बाँड्न सकिँदैन,’ खड्काले भने, ‘६० प्रतिशत तेल आयात हुने वीरगञ्ज नाका सुचारु नभएसम्म पेट्रोलको वितरण सहज हुँदैन ।
खड्काले अन्य डिपोबाट हुने आयातको मात्रा बढाएर पेट्रोलको आयात ६० प्रतिशतसम्म पुर्‍याए पनि नियमित रुपमा निजी सवारीलाई पेट्रोल दिन नसकिने दाबी गरे ।
आयल निगमले बेतालपुर र गोन्डा डिपोबाट दैनिक ४/४ सय किलोलिटर पेट्रोल ल्याउन पहल गरिरहेको छ ।
यसअघिजस्तै मौज्दात बढाएर कुनै-कुनै समयमा निजी सवारीलाई तेल दिन भने सकिन्छ,’ कार्यकारी निर्देशक खड्काले भने, ‘तर, वीरगञ्ज नाका नखुलेसम्म निजी सवारीले पम्पबाट नियमितरुपमा तेल भर्न पाउँदैनन् । यो पक्का हो
उनले ८ सय किलोलिटर पेट्रोल सुरक्षा प्रवन्धका लागि मौज्दात राख्नुपर्ने भएकाले निजी सवारीलाई तेल दिने कुरा सम्भव नहुने दावी गरे ।
काठमाडौंमा दैनिक झण्डै ३ सय ५० किलोलिटर पेट्रोलको माग छ । उपभोक्तावादी संघसंस्थाले सरकारी सवारीलाई सहजै पेट्रोल वितरण भइरहेको अवस्थामा निजी सवारीलाई पनि निश्चित पम्प तोकेर दैनिकरुपमा पेट्रोल वितरण गर्न निगमसँग माग गरेका छन् ।

 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment