साढे ९ किलो अवैध सुनसहित सुन व्यापारी पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नेपालमा सुन पसल चलाइरहेका दुई भारतीय नागरिकलाई साढे ९ किलो सुनसहित पक्राउ गरेको छ । काठमाडौंको न्यूरोडस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालक विक्रम मित्तल र विवेक मित्तललाई प्रहरी टोलीले उक्त सुनसहित पक्राउ गरेको हो । मित्तल दाजुभाइ नै संगठित रुपमा सुन तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले यो धन्दामा मामा भन्ने चिनियाँ नागरिक पनि संलग्न रहेको बताए । उनिहरुबाट बरामद भएको सुन तातोपानी नाका हुँदै काठमाडौं आएको र मित्तल दाजुभाइले भरिया नै खटाएर सुन तस्करी गरेको प्रहरीले बताएको छ । महानगरीय अपराध महाशाखाले पक्राउ परेका उनिहरुलाई संगठित अपराधको मुद्दामा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको जनाएको छ ।

- See more at: http://www.dcnepalonline.com/video/quick-video.php?nid=42340#sthash.FyeG5PMc.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment