भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
माघ १, २०७२- जापानमा शुक्रबार बिहान भएको पर्यटक बस दुर्घटनामा १४ को मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जापानको नागानो जिल्लामा रहेको एक रिसोर्टतर्फ जान लागेको सो बस बाटोमै दुर्घटनामा परेको हो ।
जापान सरकारका प्रवक्ता एवम् प्रमुख सचिव योसिहिदे सुगाले उक्त दुर्घटनामा परी १४ जना यात्रुको ज्यानगएको र अरु २७ जना गम्भीर घाइते भएका जानकारी दिएका छन् ।
सो बसमा ३९ जना यात्रु र दुई सवारी चालक रहेका उनले बताए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
सो दुर्घटनाको कारणका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकर्ताहरुले बाटोको अवस्था ठीक रहेको बताएका छन् ।
जापानमा हुने बस दुर्घटनामध्ये अधिकांशको कारण बाटोमा हिउँ परेकोले चिप्लिएर हुने गरेको भएपनि सो बाटोमा हिउँ नरहेको उनीहरुले जनाएका छन् । प्रहरीले उद्वारको कार्यलाई सशक्त बनाएको जनाएको छ । दुर्घटनास्थलमा प्रहरी र उद्वारकर्ताहरु खटिएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment