काठमाडौँमा सुनसहित तीन भारतीय पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



काठमाडौँ, २४ पुस । प्रहरीले अवैध रुपमा सुनको कारोबार गरिरहेको अवस्थामा भूगोल पार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सबाट नौ किलो ५०८ ग्राम सुनसहित तीन भारतीयलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार उक्त अवैध तथा सङ्गठित कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरी सङ्गठित अपराध निवारण ऐनअन्तर्गत आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ, कालिङ्पोङका विक्रम मित्तल र विवेक मित्तल तथा राजस्थान राज्य, सिकर जिल्लाका भागीरथ चौधरी छन् । मित्तलद्वय भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालक र चौधरी विभिन्न सुन पसलमा सुन वितरक रहेको प्रहरीले जनाएको छ ।

यसैगरी महाशाखाले स्रोत नखुलाई तथा वैधानिक प्रक्रिया पूरा नगरी अवैध रुपमा रकमको कारोबार गरी हुन्डी सञ्चालन गर्ने दुई जनालाई रु २४ लाख ९५ हजार ५०० सहित पक्राउ गरीे आवश्यक कारबाहीका लागि राजस्व कार्यालय, हरिहरभवन ललितपुर पठाएको छ ।

अवैध हुन्डीको कारोबार गर्नेमा भारत विहार राज्य, मधुवनी जिल्ला जयनगरका सत्यनारायण अग्रवाल र रकम ओसारपसार गर्ने काभे्रपलाञ्चोक ज्याम्दी नगरपालिकाका सरोज पराजुली छन् ।

त्यस्तै महाशाखाले विभिन्न देशका मुद्राबिना अनुमति सञ्चय तथा कारोबार गर्र्ने रसुवा, धुन्चे घर भई हाल स्वयम्भू बस्ने कार्साङ छेकी तामाङलाई विभिन्न देशका रकम सहित पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा पठाएको छ । रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment