भारतबाट हतियार किनेर तराईमा स्वतन्त्र मधेसका लागि सशस्त्र तालिम चलाँउदैछन सिके राउत

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



स्तन्त्र मधेस अभियान चलाइरहेका डा. सिके राउतले पूर्वी तराईमा युवा दस्ता गठन गरीे सशस्त्र हतियारसहितको तालिम सञ्चालन गरिरहेका छन् ।

पूर्वी तराईमा हतियारवद्ध तालिम चलिरहँदा पनि स्थानीय सुरक्षा निकाय र प्रशासन भने मौन रहेका छन् ।  मधेसी मोर्चाको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण सुरक्षाकर्मीहरु सहरराजमार्ग केन्द्रित भैरहेका बेला सिके राउतले तराईका दुर्गम गाउँमा तालिम संचालन गरिरहेका छन् ।

राउतले तराईका मधेसी मुलका बालबालिका र युवाहरुलाई आफ्नो संठगनमा आबद्ध गराएर छुट्टै मधेस राज्यको अभियानमा सरकार विरोधी गतिविधिका लागि भारतबाट हतियार किनेर बाँडिसकेको स्थानीयबासीले बताएका छन् ।

राउतले छुट्टै मधेस राज्यका लागि जनमत संग्रहको कुरालाई समेत प्रचारमा ल्याएर कार्यकर्ता परिचालन गरेका छन् ।

देश विखण्डन गर्ने सार्बजनिक अभिव्यक्ति दिएर विवादमा तानिएका राउतले सुनसरीको अमडुवा, चिमडी, राजगञ्ज सिनवारी, गौतमपुर गाविसमा संगठन विस्तार गरेका छन्

प्रहरीले पक्राउ गर्दै छाड्दै गरेका कारण राउतको सरकार विरोधी क्रियाकलाप बढ्दै गएको स्थानीयको भनाइ छ ।  राउतले भारतसँग सिमाना जोडिएका पूर्वी तराईका दक्षिणी गाविसमा युवा दस्ता गठन गरी सशस्त्र हतियार र भाला, खुकुरी चलाउने तालिम चलाइरहेका स्थानीयले जानकारी दिएका छन् । 

आफ्नो समुहमा आबद्ध हुनेलाई आर्थिक प्रलोभनमा पारी राउतले सरकार विरोधी चलाएका सुनसरीको अमडुवा गाविसका एक स्थानीयले जानकारी दिएका छन् ।

राउतले  ‘मधेस देशका लागि एकजुट हुनुपर्ने भन्दै सुनसरी, सप्तरी र सिरहा लगायतका जिल्लाहरुमा सरकार विरोधी गतिविधि तीब्र पारेका छन् ।

उनले युवाहरुलाई सरकार विरोधी गतिविधि गर्न बम, बारुद र कटुवा पेस्तोलसहित बन्दोबस्तीका सामाग्री समेत वितरण गर्ने गरेको समाचार श्रोतले जानकारी दिएको छ । भूमिगत शैलीमा सप्तरी र सिरहाबाट अभियान संचालन गरेका राउत पछिल्लो समय सुनसरीका दक्षिणी गाविसमा केन्द्रित भएका छन् । 

राउतले युवादस्ता गठन गरी राजनितिक प्रशिक्षणसांस्कृतिक कार्यक्रम गरी हतियार चलाउने तालिम दिँदै सरकार विरोधी गतिविधि गर्न निर्देशन दिने गरेको स्थानीयले जानकारी दिएका छन् ।

सरकार विरोधी क्रियाकलाप  गरि सर्वसाधारणलाई त्रसित बनाउँदा समेत प्रहरी प्रशासन मौन रहेको स्थानीयको आरोप छ । सरकार विरोधी र देश विखण्डनको कुरा गर्ने राउतका गतिविधि रोक्न स्थानीयले तत्काल सरकारसँग अनुरोध गरेका छन् ।

राउतले आफना विभिन्न पुस्तक, लेख, गीत र नाराहरुले जातीयतातबारे प्रशिक्षित गर्दै नेपालविरोधी गतिवीधि चलाइरहेको स्थानीयको भनाइ छ । राज्यविरुद्धको अभियोगमा पक्राउ परेका राउत सर्बोच्च अदालतको आदेशमा रिहा भएपछि उनी पुनः राज्यविरुद्धको गतिविधिमा सक्रिय भएका हुन् ।
पूर्वक्षेत्रिय प्रहरी कार्यालयका प्रमुख डिआईजी माधव जोशीले राउतले तराईका जिल्लामा आफ्नो समुहको प्रचार प्रसार गर्दै हिँडेको जानकारी आएपनि युवा दस्ता गठन गरी सरकारविरोधी गतिविधि  गरेको जानकारी नभएको बताए ।

उनले राउतको सरकार विरोधी गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको दावी गरेका छन् ।
पूर्वाञ्चल क्षेत्रिय प्रशासक महेन्द्रमान गुरुङले पूर्वी तराईका विभिन्न जिल्लामा सिके राउतले सरकार विरोधी गतिविधि गरेको सूचना आएकाले राउतका गतिविधि नियन्त्रण गर्न सप्तरी, सिराहा र सुनसरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन् । उनले सरकार विरोधी गतिविधि गर्ने जो कोहिलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment