दक्षिण कोरियामा मजदुरको तलब बढ्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

korea-2

१० माघ, काठमाडौं । दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ । कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ । यो तलब वृद्धि कम भएको भन्दै मजदुर संगठनले चर्को विरोध गरिरहेकै बेला सरकारले लागू गरेको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।
ज्याला न्युनतम निर्धारण समितिले गत जुलाईको पहिलो साता २०१६ का लागि ८.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो । न्युनतम ज्याला निर्धारण समितिले गरेको सोही सिफारिसलाई अगस्ट ५ मा सरकारी अनुमोदन पश्चात् जनवरी १ देखि लागू भएको छ । लागू गरिएको नयाँ पारिश्रमिकबाट कामदारले प्रतिघण्टा ६ हजार ३० वन प्राप्त गरेका छन् । तर, मजदुर युनियनहरुले ७९ प्रतिशत तलब वृद्धिको माग गर्दै प्रतिघण्टा १० हजार वनको माग गरिरहेका छन् ।
वृद्धिसँगै कायम भएको न्युनतम मासिक तलब १२ लाख ६० हजार दुई सय ७० वन र संसदमा पेश गर्न लागिएको श्रमबजार सुधार विधेयकप्रति गम्भिर आपत्ति राख्दै केसीटीयु (कोरियन कन्फिडेरेसन अफ ट्रेड युनियन) विरोध गरिरहेको छ । सरकार विरोधी गतिविधि गरेको र विरोध र्‍यालीले सडक आवागमनमा वाधा पुर्‍याएको मुद्दामा संगठनका अध्यक्ष हान सांग ग्यउनलाई स्वेच्छिक गिरफ्तारीका लागि सरकारद्वारा वाध्य पारिएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment