रंगेली घटनाको विरोधमा लिम्बुवानद्वारा पूर्वमा चक्काजाम

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


चक्काजामका कारण ताप्लेजुङमा थन्किएका गाडीहरु ।
१० माघ, ताप्लेजुङ । मोरङको रंगेलीमा बिहीबार भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त संघर्ष समितिले आइतबार पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरेको छ । यातायात बन्दको कारण विहानैदेखि ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ ।
एमाले निकट युवा संघको आमसभालाई सफल पार्न सरकारले नै मोरङको रंगेलीमा ३ जनाको गोली हानी हत्या गरेको आरोप लगाउँदै लिम्बुवानले सो घटनाको विरोधमा चक्काजाम गरेको हो ।
ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । यातायात बन्द हुँदा सयौं यात्रु अलपत्र परेका छन् ।
संघीय लिम्बुवान पार्टी नेपालसहितका विभिन्न ४ पार्टी सम्मिलीत लिम्बुवान संयुक्त संघर्ष समितिले शनिबार विज्ञप्ति जारी गर्दै निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्य आतंकको चरम रुप भएको भन्दै घटनाप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अहिलेको संविधानलाई लिम्बुवानले मानेको छ भनेर राज्यले अन्तराष्ट्रिय जगतसम्म गलत हल्ला फिजाईंरहेको भन्दै अबका आन्दोलन राजधानी केन्दि्रत गर्ने तयारी भइरहेको समितिको विज्ञप्तिमा उल्लेख छ ।
गत बिहीबार मोरङको रंगेलीमा एमाले निकट युवासंघले आयोजना गरेको कार्यक्रमलाई मधेसी मोर्चाले बिथोल्न खोज्दा दुई पक्षबीच हुने झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment