लेष्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

म्यान सिटी बराबरीमा रोकियो, म्यान युनाइटेड पराजित

इङ्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा स्टोक सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको हो।
 
लेष्टर सिटीले खेलको ४२ औँ मिनेटमा ड्रिंकवाटरको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा एक सून्यले अघि रहेको लेष्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। खेलको जेमी भर्डीले ६६ औँ र ८७ औँ मिनेटमा लियोनार्डोले गोल गरेपछि लेष्टर सिटी ३–०ले विजयी भयो। 
 
अर्को खेलमा लिभरपुलले नर्वीच सिटीलाई ५–४ ले पराजित ग¥यो भने  टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३–१ ले पन्छायो। गएराति नै भएका अन्य खेलमा म्यानचेष्टर सिटी वेष्ट ह्यामसँग २–२ गोलको बराबरीमा रोकिएको छ। 
 
गएराति नै भएको अर्को खेलमा म्यानचेष्ट युनाइटेड भने पराजित भएको छ। युनाइटेड साउथह्याम्पटनसँग एक सून्यले पराजित भयो।
 
जितपछि लेष्टर सिटी २३ खेलबाट ४७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ४४ अंक छ। तेस्रो स्थानमा रहेको आर्सनलको ४४ अंक छ भने उसले एक खेल कम खेलेको छ। 

 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment