बबरमहलमा बाबु र ऋचाको ७ लाख ५० हजारको मुर्ती, रामकृष्णको ४ लाख माथि

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


काठमाण्डौको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलको भवन भित्र अहिले केही परिचित मानिसका र केही कलात्मक मुर्ती सजिएका छन् । जनवरी २३ देखि सुरु भएको यो प्रदर्शनी फेब्रुअरी १ सम्म चल्नेछ ।
यी मुर्तीहरुलाई तयार गरेका हुन्, नविन सुवेदीले । नविनले तयार पारेका मुर्तीमा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका चर्चित हस्ती पनि छन् । गायक रामकृष्ण ढकाल, गीतकार डाक्टर कृष्णहरी बराल, गायक तथा नायक बाबु बोगटी र नायिका ऋचा शर्माका मुर्ती सजिएका छन् ।
यी मुर्ती बनाउनका लागि नविनलाई महिनौ लागेको छ । बाबु बोगटी र ऋचा शर्मालाई नविनले एउटै फ्रेममा अटाएका छन् । यसका लागि आफूलाई ४ महिना लागेको उनले बताए । यस्तै, गायक रामकृष्ण ढकालको पूर्ण कदको मुर्ती तयार गर्न उनलाई २ महिना लाग्यो । गायक रामकृष्ण ढकाल मुर्ती तयार गर्दा करिब ८ दिन नविनकै अगाडि बसेका थिए । नविन भन्छन्-हुनत, तस्बिरबाट पनि बनाउन सकिन्छ । तर, मानिस नै अगाडि बस्दा अझ बास्तविक बन्छ ।उनले यी कलाकारलाई समेट्नुको कारण पनि छ । उनले भने-जो-जो मेरो सम्पर्कमा आउनुभयो उहाँहरुको नै बनाएको हुँ ।

 
यी मुर्ती बनाउनका लागि उनले राम्रै रकम खर्च गरेका छन् । मुर्तीको प्रकृती र साइज अनुसार रकम लाग्ने उनले बताए । ऋचा शर्मा र बाबु बोगटीका लागि उनले ५ लाख माथिको रकम खर्च गरेका छन् । रामकृष्ण ढकालका लािग भने त्यो भन्दा केही कम रकम खर्च भएको छ ।
प्रदर्शनीमा राखिएका यी मुर्तीहरु मन पराउने जोकोहीले पनि किन्न सक्नेछन् । रामकृष्ण ढकालको मुर्तीलाई ४ लाख ५० हजार, बाबु बोगटी र ऋचा शर्माको मुर्तीका लागि ७ लाख ५० हजार तोकिएको छ । यी मुर्ती किन्नका लागि मानिसहरु त आएका छन्, तर हेर्ने वित्तिकै त्यती रकम लगानी गर्न पनि गाह्रो हुने नविनको भनाई छ ।
गायक बाबु बोगटीले उनका लागि गीत नै तयार गरिदिएका छन् । बाबुले यो प्रदर्शनीको आफूले सक्दो प्रचार पनि गरिरहेका छन् । रामकृष्ण ढकाल अमेरिका रहेकाले आउन नपाएको नविनले बताए । डाक्टर कृष्णहरी बरालले पनि यो प्रदर्शनीको अवलोकन गरिसकेका छन् । ऋचा शर्मा भने अहिलेसम्म प्रदर्शनीमा पुगेकी छैनन् ।
मोहिनीनाम दिएर नविनले यो  प्रदर्शनी आयोजना गरेका हुन् । नेपाली कलाकारलाई नविनले दिएको यो उच्च सम्मानलाई कलाकारले पनि प्रशंसा गरेका छन् ।



भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment