भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
एउटा कथाबाट
शुरु गरौं ।
कुनै सामन्त वा
मुखियाले आफ्नो घरमा बसेको
हलिया/कम्लरीलाई काम
बिगारेको निहुँमा गाली गर्दै लात्तैलात्ताले हिर्काउँदोरहेछ ।
हिर्काउने मात्र होइन, त्यसको
अनुहारभरि थुकी पनि दिँदोरहेछ ।
आफ्नो सानोतिनो गल्तीमा पनि
आफूमाथि अत्याचार गर्ने मालिकको रौद्र
रुप देखेर बिचरा
त्यो नोकर भने
अलिकति पनि रिसाउँदो रहेन
छ । रिसले
उत्तेजित हुने त कुरै
छाडौँ, उल्टो मेरै
गल्तीका कारण मालिकले रिसाउनुपर्यो
भन्दै आफैलाई धिक्कार्दाेरहेछ ।
ऊ क्रोधित भएको
मालिकलाई थप उत्तेजित पार्ने
कुरा गर्नु महापाप
हो भन्ने सोच्दो
रहेछ ।
अन्याय सहेरै
मालिकको कृपा पाइरहूँ भन्ने
कुराबाहेक अन्यथा सोच्नु आफ्नो
दुर्दशा निम्त्याउनु हो भन्ने मान्यता स्थापित गरेको
हुँदा मालिकले अत्याचार दोहोर्याए, तेहेर्याए
पनि ऊ हरेक
पटक प्रतिक्रिया शून्य
बन्दो रहेछ ।
एउटा नोकरले मालिकविरुद्ध जानु
हुँदैन, मालिक त
अन्नदाता मात्र होइन, भगवान्
नै हुन्Ù उहाँको
मन अशान्त पार्ने
कुरा मैले कदापि
गर्नु हुँदैन, मालिकलाई मन
नपर्नु कुरा त
परै जाओस्, यस्तो
कुरा मनमा आउन
पनि दिनुहुँदैन भन्ने
कुरामा मात्र उसको
ध्यान केन्द्रित हुँदोरहेछ ।
कुनै गाउँका
सामन्तको अत्याचार र नोकरको सहनशीलताको चक्र
यसपटक विगत तीन
महिनादेखि नेपालमा चक्रवात जस्तै घुम्दै आइरहेको छ
। नोकर फेरिएको छ,
तर पात्र उस्तै
छ । मालिकको विशेषीकरण भएको
छ र चरित्र
उही छ ।
परिवेश व्यापक छ,
तर यसमा परिवर्तनको कुनै
गुञ्जाइस छैन ।
माथि वर्णित
नोकरको निरीहताको रुपक
अहिले के.पी.
ओली नेतृत्वको सरकारमा प्रतिबिम्बित भएको
छ । भारतले
नेपालविरुद्ध नाकाबन्दी लगाएको कुरा घामजत्तिकै छर्लङ्ग छ
। यसबाट सिङ्गो
विश्व र त्यसको
छाता संगठन संयुक्त राष्ट्र संघ
समेत अनभिज्ञ छैन
। तर नेपाल
सरकार नाकाबन्दी भन्न
डराएको र झिनो
स्वरमा नाकामा उत्पन्न असहज
परिस्थिति भनी परिभाषित गरेको
छर थोरै साहस
गरेर ‘अघोषित नाकाबन्दी’ सम्म
भन्न सकेको छ
।
त्यस्तो देशविरुद्ध नाकाबन्दी गर्ने
अन्तर्राष्ट्रिय
परम्परा रहिआएको छ जसले आतंकलाई प्रश्रय दिएको
छ, आतंककारी क्रियाकलापमा जो
आफैं संलग्न भएको
छ वा आफ्नो
निर्देशनमा कसैलाई यस्ता गतिविधिमा संलग्न
गराएको छ,कुनै
देशको कार्यकारी शासकले
नरसंहार मच्चाएको छ वा गैरसैनिक क्रियाकलाप विरुद्ध सैनिक
कारबाही गरी मानवताविरुद्ध जघन्य
अपराध गरेको छ
।
के नेपाल
यी कुनै गतिविधिमा संलग्न
थियो ? के नेपालको कुनै
शासकले यस्ता अपराधमा आफूलाई
प्रवृत्त गरेको छ ? तर
केपी ओली नेतृत्वको सरकारले यी
र यस्ता प्रश्नहरु आजसम्म
भारतीय जनता पार्टी
नेतृत्वको मोदी सरकारलाई सोध्न
सकेको छैन ।
त्यस्तो कुनै अपराध नगरेको
अवस्थामा पनि नेपाल किन
यस्तो दण्डको भागी
भयो भनी नरेन्द्र मोदी
वा सुष्मा स्वराजलाई प्रश्न
गर्ने आँट न
केपी ओलीले गरेको
देखियो न कमल
थापाले । यी
प्रश्नहरुको उत्तर नरेन्द्र मोदीसँग छैन
भन्ने केपी ओलीलाई
थाहा छ र
केपी ओलीले यस्ता
प्रश्नहरु कहिल्यै गर्नेछैनन् भन्ने नरेन्द्र मोदीलाई राम्ररी थाहा
छ ।
वास्तवमै केपी
ओलीहरु यस्ता प्रश्नहरु गर्दैनन् किनभने
यस्ता प्रश्नहरु गर्दा
भारत रिसाउँछ र
रिसाएको भारत केपी ओलीहरुको हितमा
हुँदैन । नेपाल
र नेपालीहरुको हित
भन्दा बढ्ता भारत
र भारतीयहरुको हित
सोच्ने नेपाली शासकहरु काठमाडौँमा रहेसम्म नयाँ
दिल्लीलाई सय खुन माफ
हुनु सामान्य कुरा
हो । जब
भारतलाई प्रश्न सोध्ने शासक
सिंहदरबारमा हुँदैन र सिंहदरबारमा बसेको
शासकले भारतलाई कुनै
प्रश्न सोध्ने सामथ्र्य राख्तैन तब
दिल्लीमाथि चोरी औंला कसले
उठाउने ?
केपी ओली
नेतृत्वको गठबन्धन सरकारको निर्माण नेपालविरुद्ध भारतले देखाएको हैकम
र दबाब सामु
नझुक्ने विन्दुमा सहमत भएर मात्र
भएको थियो ।
त्यसैले नेपाली जनतालाई लागेको
थियो, यो सरकार
राष्ट्रवादी हो र यसले
राष्ट्रिय स्वार्थलाई सर्वाेपरि राखेर मात्र काम
गर्नेछ । भारतको
अर्घेल्याइँको
सामना यसले डटेर
गर्नेछ र गृहिणीहरुको चुलोचौकोप्रति चिन्तित र
उत्तरदायी भएर विकल्पको खोजी
गर्न कति पनि
विलम्ब गर्नेछैन ।
नेपाल र
नेपालीविरुद्ध
भारतले गोलीमात्र नचलाएर
यो युद्धको खेल
खेल्दै आएको छ
र यो सरकार
यस युद्धमा अवश्य
विजयी हुनेछ ।
यही आशा र
विश्वासमा नागरिकले दुःख-कष्ट, अभाव-असुविधा, महँगी-कालोबजारी, अप्ठ्यारो-असजिलो
लगायत स्वाभाविक र
कृत्रिम सबै किसिमका समस्याप्रति आँखा
चिम्लिदिए, धैर्य गरे र
सहनशील बने तर
यो सरकार हामीले
हेर्दा हेर्दै हामीलाई अब
यो सरकारले यो
युद्ध जित्न सक्दैन
भन्ने कुराको छनक
दिलाउन पो दिन
लागे जस्तो देखिँदै छ
।
अब आम
नागरिकलाई यस्तो लाग्न थालेको
छ – सरकार यो
युद्ध कसरी जित्ने
भन्नेमा होइन कसरी हार्ने
भन्नेमा पो बढी तल्लिन
हुन पुगे जस्तो
छ । हार्ने
भन्नेमा पो बढी तल्लीन
हुन पुगेको छ
। भनिन्छ, प्रत्येक व्यक्तिले हरेक
अवसरमा ‘हार्नका निम्ति
त पूरै जिन्दगी बाँकी
छ, तर जित्नका निम्ति
यो अन्तिम अवसर
हो’ भनेर मैदानमा उत्रनुपर्छ ।
यस प्रसङ्गमा कुनै
व्यक्तिको ठाउँमा सरकारलाई राख्दापनि परिस्थितिमा कुनै
अन्तर आउँदैन ।
तर, केपी ओलीको
सरकार युद्ध जित्ने
यो अन्तिम अवसरलाई कसरी
हारमा बदल्ने भनेर
भित्रभित्रै लागिपरेको भान हुन्छ ।
अहिले परिस्थिति कस्तो
छ भने यो
युद्धमा भारतले जिते त
उसको जित नै
भैगो तर उसले
हार्दा पनि जित
उसैको हुन्छ किनभने
बितेका ४ महिनाका बीचमा
हामी यस्तरी थिल्थिलो भएका
छौँ कि हामीलाई आगामी
कैयौँ वर्ष त
तंगि्रनमात्र लाग्नेछ । हामी तंगि्रसक्दा भारत
धेरै पर लम्किसकेको हुनेछ
। हामीले उसलाई
भेट्न सक्नेछैनौँ ।
तर, कथम्कदाचित् हामीले
हार्यौँ भने
यो लडाइँसँगै हाम्रो
राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, गौरव, प्रतिष्ठा र
आत्म विश्वास समेत
हार्नेछौँ । यसपछि हार्न
बाँकी हामीसँग अरु
केही हुनेछैन, जसलाई
देखाएर हामी भोलि
फेरि उठ्न सक्ने
आशामा बाँच्न सकौँ
।
जित्ने योद्धाका लक्षण
नै बेग्लै हुन्छन् ।
पहिले उसलाई लाग्नुपर्छ, युद्ध
हतियारले मात्र जितिँदैन, युद्ध
जित्न विश्वास, निश्चय
र संकल्प हुनुपर्छ ।
मर्नु अगाडि नै
खुट्टा तन्काउनु भनेझैँ
हाम्रो सरकार युद्धमा पीठ
फर्काएर भाग्ने मनस्थितिमा देखिन्छ ।
युद्धको सामना गर्नबाटै डराउने
योद्धाले शत्रुले मैदान छाडिदिए मात्र
एकलौटी जित्छ (र
यसो हुनु सम्भव
छ) । रणभूमिमा लडेर
जित्नु त्यति सरल
छैन किनभने युद्ध
सरल रेखामा होइन
बहुधा बक्र रेखामा
हिँड्छ र युद्धको बक्रताको ज्ञान
छैन भने त्यस्ताले लड्नु
नै व्यर्थ छ
।
जो पहिलेदेखि नै
हार्न तम्तयार भएर
बसेको छ, उसलाई
जितप्रति के आकर्षण ? बंगालका नबाब
सिराजुद्दौलासँग
सन् १७५७ जुनमा
इस्ट इन्डिया कम्पनीले युद्धको घोषणा
गर्यो ।
मीर जाफर सिराजुद्दौलाका प्रधानसेनापति थिए
। मीर जाफर
पचास हजार सेनाको
नेतृत्व गर्दै मैदानमा पुगे
। कम्पनीसँग १५०
तोपधारी र स्थल सेना
३२०० मात्र थियो
। १७५७ जुन
२३ को बिहान
सबेरै दुवै पक्ष
बीच सामान्य भिडन्त
हुँदै थियो हठात्
मीर जाफरले अंग्रेजसमक्ष आत्मसमर्पण गरिदिए
। किनभने अंग्रेजले सिराजुद्दौलालाई हटाउन
मद्दत गरेमा जाफरलाई शासनमा
पुर्याइदिने प्रलोभन दिएका
थिए । सिराजुद्दौला भाग्नु
पर्यो तर
भाग्दाभाग्दै उनी मारिए ।
केपी ओलीका
वरिपरि सयौँ मीर
जाफरहरु छन् जो शत्रुका निम्ति
अहोरात्र खटिरहेका छन् । जहाजभित्र मुसाहरु छन्
भने तिनले पार्ने
प्वालका कारण जहाज डुब्ने
निश्चित छ । जसलाई
जित्नु नै छैन
उसले कहिले जित्न
खोज्दैन । भारतले नाकाबन्दी गरेपछि
हामी एक किसिमले युद्धमा छौँ,
युद्धको बेला युद्धस्तरमा काम
हुनुपर्छ । हाम्रो गतिचाहिँ कछुवाको भन्दा
कम छ ।
दन्त्य कथाको कछुवाले त
खरायो विरुद्धको दौडमा
विजय हासिल गरेको
थियो । तर,
यो दौडमा त
कछुवा (सिंहदरबार) पहिले
नै खरायो (नयाँ
दिल्ली) सँग हार्न
तयार भएर निस्किएको छ
। खरायो सुते
पनि उसले नहार्ने र
निरन्तर हिँडी रहे पनि
कछुवाले हार्ने निश्चितप्रायः छ
। मानौं म्याचफिक्सिङ भएको
हो ।
भारतले नेपालविरुद्ध गरेको
तेस्रो नाकाबन्दीले नेपाल
अझै राज्य बन्न
सकेको रहेन छ
भन्ने प्रमाणित गरिदियो ।
हामी त आजसम्म
अर्काको हतियारले युद्ध लड्ने गलत
रणनीतिमा हिँड्दै आएका रहेछौं ।
हामी खाना पकाउने
एल.पी. ग्यास
अर्काको बुलेटमा बोक्दा रहेछौं ।
चीनले अनुदानमा दिएको
पेट्रोल लिन ट्याङकर पठाउने
बेलामा थाहा भयो,
धेरै ट्याङ्कर चालक
अनुहारले मात्र नेपाली तर
आत्माले नेपाली होइन रहेछन्
।
आपूर्ति सम्बन्धी कर्मचारी नै
इन्धनमा भारतमाथिको निर्भरताको विकल्पका विरोधी देखिए ।
नेपालको सरकारी सेवामा बसेर
सेवा चाहिँ भारतको
गर्ने भृत्यतन्त्रको विकास
भएको रहेछ भन्ने
कुरा घामजत्तिकै छर्लङ्ग भयो
। तर, त्यस्तालाई कारबाही गर्न
भने सरकार डरायौ
किनभने त्यस्ता राष्ट्रघातीलाई कारबाही गर्दा
कारबाही गर्ने व्यक्ति नै
उल्टो भारतको कारबाहीमा पर्ने
डर भयो ।
हामी यहाँसम्म गिरिसकेका रहेछौँ
।
उड्न खोज्नेले आकाशमा
पखेटा फटफटाउन आफैँ
सिक्नुपर्छ । पौडन खोज्नेले पानीमा
हातखुट्टा चाल्न आफैँ सिक्नुपर्छ ।
खसिन्छ कि भनेर
उड्न नखोज्ने र
डुबिन्छ कि भनेर पानी
नै नछुनेले न
सिक्छ न जित्छ
। न सिक्ने
र न जित्ने
अभ्यासमा हामीले लामो समय
बिताउँदै आएका रहेछौँ ।
एउटा सिंहदरबारले बेलैमा
बुद्धि नपुर्याएर
गरेको गल्तीको दण्ड
अहिले सारा नेपालीले भोग्नुपरेको छ
। भारतले सबै
थोक दिन्छ भनेर
हामीले करेसाबारीमा सागका
बिरुवा सार्न रोप्न
छोड्यौँ, खेतमा धान रोप्न
छोड्यौँ र बारीमा मकै
गोड्न छौड्यौँ ।
हामीलाई के विश्वास दिलाइयो भने
भारतले नून-तेल,
चामल-पीठो, लत्ता-कपडा सबै दिन्छ
। भारत हाम्रो
अन्नदाता र जीवनदाता हो
।
तर, नून
र तेलका निम्ति
हामी भारतलाई पैसा
तिर्छौ भने किन
तेलमै नाकाबन्दी भयो
भन्नेतिर हाम्रो ध्यान कहिल्यै गएन
। पैसा तिरेपछि अरुसँग
पनि किन्न सकिन्छ
भनेर हिजोसम्म व्यापार विविधीकरण गर्नेतिर एक
पाइला पनि चाल्ने
कष्ट गरेनौँ ।
एउटाको मात्रै भर
पर्यौँ र
उसैको शरण पर्यौँ । तर
कुनै दिन शरणको
मरण हुन सक्छ
भन्ने बारेमा कहिल्यै सोचेनौँ ।
र अब ‘मरेपछि
खा बाबै केरा’
उखान राम्ररी चरितार्थ हुन
लागेको छ ।
0 comments:
Post a Comment