महाधिवेशन नजिकिँदै गर्दा काँग्रेस केन्द्रिय कार्यालयमा अनशन नै अनशन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौँ, २१ पुस - संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको सङ्ख्या बढेको छ।

काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १२ दिनदेखि आमरण अनशन बसेका छन्। उनी डोल्पामा पार्टीको सङ्गठन कमजोर भएको नयाँ सदस्यता थप गरेकामा पार्टीले सदर नगरेको भन्दै अनशन बसेका हुन।

यसैगरी काँग्रेसका सोलुखुम्बुका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै १० दिनदेखि रिले अनशन बसेका छन्।

केसीले पार्टी सभापतिले पार्टीको विधान विपरीत आफ्ना भाइभतिजा, नातागोता अरु पार्टीका व्यक्तिलाई क्रियाशील बाँडेको आरोप लगाएका छन्। रौतहटका केन्द्रीय सदस्य मो अफ्ताफ आलमले रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील बाँडेको भन्दै नौ दिनदेखि रिले अनशन थालेका छन्। निर्वाचन क्षेत्र रहेको रौतहटमा चार निर्वाचन क्षेत्रका क्षेत्रीय सभातिलाई जानकारी नगराई क्रियाशील बाँडेको उनले आरोप लागए


काठमाडौँ, २१ पुस - संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको सङ्ख्या बढेको छ।

काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १२ दिनदेखि आमरण अनशन बसेका छन्। उनी डोल्पामा पार्टीको सङ्गठन कमजोर भएको र नयाँ सदस्यता थप गरेकामा पार्टीले सदर नगरेको भन्दै अनशन बसेका हुन।

यसैगरी काँग्रेसका सोलुखुम्बुका केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै १० दिनदेखि रिले अनशन बसेका छन्।

केसीले पार्टी सभापतिले पार्टीको विधान विपरीत आफ्ना भाइभतिजा, नातागोता र अरु पार्टीका व्यक्तिलाई क्रियाशील बाँडेको आरोप लगाएका छन्। रौतहटका केन्द्रीय सदस्य मो अफ्ताफ आलमले रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील बाँडेको भन्दै नौ दिनदेखि रिले अनशन थालेका छन्। छ निर्वाचन क्षेत्र रहेको रौतहटमा चार निर्वाचन क्षेत्रका क्षेत्रीय सभातिलाई जानकारी नगराई क्रियाशील बाँडेको उनले आरोप लागए । - See more at: http://www.dcnepal.com/news/news.php?nid=185569#sthash.jtZJ0dGJ.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment