छुट्टै देश बनाउन तराईमा सैन्य तालिम, मधेश आन्दोलनको नाममा अराजकता फैलँदै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

ck raut
अनलाईन अपडेट्स, काठमाडौं, १२ माघ । नयाँ संविधानमा मधेशलाई विभेद गरिएको भन्दै मधेश केन्द्रीत दलहरुले तराईमा जारी राखेको आन्दोलनको बहानामा एउटा समूह तराईमा छुट्टै राज्य निर्माण गर्ने भन्दै सैन्य तालिम सञ्चालन गरिरहेको छ ।
केही दिन पहिले ललितपुरको पाटन औद्योगिक क्षेत्रबाट मुलुक विखण्डन गर्न खोजेको भन्दै पटक पटक पक्राउ पर्दै रिहा भएका डन. सिके राउतको पर्चा छापेको अभियोगमा केही व्यक्ति पक्राउ परेका थिए । तर, उनीहरुलाई राजनीतिक दबाबमा स्थानीय प्रशासनले रिहा गरेको बताइएको थियो । यद्यपी पक्राउ परेका ती व्यक्तिसँगै छुट्टै देश बनाउने पर्चा तथा प्रचार सामग्री भएपनि ललितपुर प्रहरीले उनीहरुलाई रिहा गरेको हो ।
यता राजधानीमा छुट्टै राज्यको पर्चा छापिँदै गर्दा तराईका विभिन्न स्थानमा भने उनै डा. सिके राउत सम्बद्ध व्यक्तिहरुले छुट्टै राज्य निर्माण गर्ने भन्दै सैन्य तालिम समेत सञ्चालन गरिरहेपनि यसतर्फ सरकारको ध्यान जान सकेको छैन । विवादास्पद र विखण्डनकारी गतिविधिका कारण पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका राउतले यतिबेला तराईमा स–साना सैन्य तालिम सञ्चालन गर्दै आएका हुन् । युवाहरुलाई स्वंयसेवकका नाममा प्रशिक्षण दिईरहेका डा. सिके राउतले तराई विभिन्न जिल्लामा सैन्य तालिम सञ्चालन गरेका हुन् ।
रौतहटको ‘चाँदे खोला किनारमा दिनहूँ जसो हतियारसहित सैन्य अभ्यास हुने गरेको स्थानियले बताए । उनका अनुसार चाँदे खोला किनारमा दिनहूँ जसो हतियारसहित सैन्य अभ्यास हुन्छ र हरेक विहान विहान सैन्य तालिम हुने गरेको र कतिबेला सेना प्रहरी आएर दोहोरो भिडन्तमा परिएला भन्ने डर लाग्न थालेको छ ।
उनीहरुको यस्तो गतिविधिले गाउँलेलाई समेत डरको स्थिति पैदा भएको छ । रौतहटमा मात्र नभई तराईमा जारी आन्दोलनका कारण प्रहरी सुरक्षाकर्मी जिल्ला सदरमुकाममा मात्रै केन्द्रीत भएका कारण गाउँ गाउँमा सैन्य प्रशिक्षण भइरहेको छ । नपवलपरासी, सिरहा र सप्तरीका विभिन्न स्थानमा यस्तो तालिम भइरहेको छ । स्रोतका अनुसार सप्तरी जिल्लाको तीन ठाउँमा तालिम पनि सम्पन्न भइसकेको छ । जमुनी, खर्साल र परासीमा सैन्य तालीम दिइएको हो ।
पहाडिया समुदायले तराईमा उपनिवेश लादेको दाबी गर्दै छुट्टै ‘आजाद मधेस आपना देश’ (स्वतन्त्र मधेश आफ्नो देश) भन्ने नाराका साथ सैन्य प्रशिक्षण सुरु गरिएको डा. सिके राउत सम्बद्ध व्यक्तिहरुले बताउने गरेका श्रोतले बताएको छ । पछिल्लो पटक भने पर्साका विभिन्न स्थानमा डा. राउत आफैंले सैन्य प्रशिक्षण दिइरहेका छन् । १६ बर्ष उमेर पुगेका र ४५ बर्षभित्रका मधेशी मूलका युवाहरुलार्ई जम्मा पारेर राउतले दैनिक प्रशिक्षण दिने गरेका छन् ।
उनले छुट्टै मधेश राज्य बन्न अब टाढा छैन भन्दै हतियार, बम बिस्फोट गराउने लगायतको तालिम दिएका छन् । स्रोतका अनुसार तालिममा मधेसी मात्र नभई भारतीयहरु समेत सहभागी रहेका छन् । तालिम ती जिल्लाहरुको स्थल नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेकाले पनि भारतीयलाई सीमामा आएर तालिममा सहभागी हुन सहज भएको हो ।
‘जय मधेश’ नारा लेखिएको सेतो टोपी लगाएका सयौं विद्यालयका बालबालिका तथा केटाकेटीलाई समेत तालिममा सहभागी गराएको स्रोतले जनाएको छ । राउतले तराईका विभिन्न जिल्लामा मधेसी तथा भारतीय युवाहरुलाई स्वंयसेवकका नाममा प्रशिक्षण दिँदै गरेका तस्वीरहरु सार्वजनिक गर्नुले पनि सैन्य प्रशिक्षणको पुष्टि गरेका छन् । भारतको आड र भरोसामा मुलुक विखण्डन गर्ने भन्दै दिन दहाडै सैन्य प्रशिक्षण सुरु गर्दा समेत नेपाल सरकार मूकदर्शक भएर बसेको छ ।
तराईमा पाँच महिना भन्दा बढी समय देखि जारी रहेको आन्दोलनलाई  सहि अवतरण गराई डा. राउतको जस्तो गतिविधिलाई तत्काल रोकी भविश्य हुन सक्ने अप्रिय घटना रोक्न सरकारले पहल गर्नुपर्ने स्थानीयहरुको सुझाव पनि छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment