बुलेटमा ग्यास छ, भर्न सिलिन्डर छैन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 रित्तो सिलिन्डर नहुँदा अन्यौलमा ग्यास उद्योगहरु
Gas_Bullet_Dhading
माघ १२, २०७२- नाकाबन्दी पछि ग्यास वितरण प्रकृयामा सहजता ल्याउन गरेको सरकारी निर्णयले उद्योगीहरु अन्यौलमा परेका छन् । नाकाबन्दीको चरम अवस्थामा ग्यास बोक्ने बुलेटहरु आयात ठप्प भएको बेला गरिएको निर्णय र एक महिना यता नाकाबन्दी खुकुलो भएको सोही निर्णयको निरन्तरता सरकार र ग्यास उद्यमीबीच तालमेल मिलेको छैन । 
नाकाबन्दीको पूर्ण असरको बेला आधा मात्रै ग्यास सिलिण्डिर विक्री वितरण गर्ने सरकारी आदेश पालना भए पनि ढुवानी गरि बजार पठाइएका सिलिण्डर संख्या र उपयोग भई उद्योगमै फिर्ता आउने रित्ता सिलिण्डरको संख्यामा तालमेल नमिले पछि नियमित संचालन खर्च र आएका बुलेटहरुलाई उद्योगको भण्डारण गर्ने बुलेटमा खन्याउनै समस्या परेको हो । 

‘डिलर सम्म ढुवानी, भण्डारण क्षमता र ग्यास भर्ने सिलिण्डर अभाव हुँदै नियमित संचालन खर्च वृद्धि भएकोले यति बेलाको सहज अवस्थामा १४.२ केजी तौलका पुरै सिलिण्डिर बजार पठाउन माग गरिएको हो,’ पुथ्वीरामार्गको चालिसेस्थित सिद्धार्थ ग्यास उद्योगका म्यानेजर राम चापागाईंले बताए । 

पुसदेखि माघ दोस्रो सातासम्म मात्रै यस कम्पनीमा १२ वटा ग्यास बुलेट आयात भइसकेका छन् । जम्मा २ वटा बुलेट मात्रै भण्डारण क्षमता भएको यस उद्योगमा पुसदेखि यता रित्ता सिलिण्डर संकलन गर्न निकै सास्ती व्यहोर्नु परेको छ । ‘बजारमा अभावकै कारण आधा सिलिण्डर भए पनि ग्राहकहरुले खरिद गरि घरमा होल्ड गरे पछि झनै समस्या थपिएको हो,’ चापागाईंले भने ।

ग्यास उद्योगहरुले डिलरहरुलाई दिँदै आएको कमिशन र डिलरसम्मको ढुवानी भाडा ग्राहकहरुबाटै असुल्ने निर्देशन दिएपछि २९ सय पर्ने आधा सिलिण्डिर ग्यास ग्राहकहरुले ३१ सयदेखि ३३ सयसम्म तिरेर खरिद गर्न बाध्य छन् । जिल्ला प्रहरीले श्रीमाया ग्यास उद्योगका सदरमुकाम स्थित डिलर संचालक उत्तम थापालाई निर्धारित मुल्य भन्दा बढी रकममा बेचेको आरोपमा २ पटक पक्राउ गरि सकेको छ ।
श्रीमाया ब्राण्डको आधा सिलिण्डर ग्यास राजधानीमा ४५ सयसम्ममा विक्री वितरण हुँदै आएपछि उद्यागीहरुले स्थानीय र सदरमुकामभन्दा राजधानी पठाउनलाई प्राथमिकता दिएको छ । 
राजधानीको बजार केन्द्रित पृथ्वीरामार्गमा रहेका १३ वटा ग्यास उद्योगहरुमा पुस महिनामा १ सय वटा र माघ मा २० वटा ग्यास बुलेट आयात भएका छन् । आएका बुलेटवाट मात्रै पुसदेखि यता ३ लाख सिलिण्डर ग्यास आधा भरेर राजधानी पठाइएको छ । 
ग्राहकहरु कहाँ पठाउने डिलरहरुलाई उपलब्ध गराए सिलिण्डर ढिलो आउने भएपछि मागे अनुसारकै मुल्य लिएर ठुला होटल, रेस्टुरेन्ट, अस्पतालहरुमा पठाइएको छ । ग्यास लिन ६० वटा मात्रै ढुवानी क्षमताका साना ढुवानी साधनहरु आउने गरेको स्थानीय बासिन्दाहरुको भनाईछ ।

पुस महिना यता सबैभन्दा बढी ग्यास सरकारी लागतमा स्थापित मेट्रो ग्यास उद्योगमा आएको छ । साल्ट ट्रेडिङ्ग कम्पनीको लगानीमा स्थापित यस ग्यास उद्योगले एसटिसी ब्राण्डमा उत्पादन गरि राजधानीका मन्त्री क्वार्टरहरु, सभासदहरु, उच्चपदस्थ कर्मचारीहरु, सेवा निवृत्त उच्चपदस्थ कर्मचारीहरुलाई नियमित ग्राहक बनाएको छ ।
यस उदयोगले कार्तिक महिनादेखि मंसीरसम्म सबैभन्दा वढी १४ वटा बुलेट आयात गरि २९ हजार ८ सय ग्यास सिलिण्डर राजधानी पठाएको थियो भने पुसदेखि यता मात्रै २२ हजार ५ सय सिलिण्डर राजधानी पठाएको रेकर्ड राजधानी पठाएको देखिन्छ । 

कार्तिकदेखि मंसीरसम्म ९४ वटा मात्रै ग्यास बुलेट आयात गरेका उद्योगहरुले पुसदेखि माघ दोश्रो सातासम्म १ सय २० बुलेट आयात गर्न भ्याएका छन् । यतिखेर हरेक ग्यास उद्योगहरुमा कार्यरत मजदुरहरुलाई ग्यास भर्न र पठाउन हम्मे परेको छ ।

‘कार्तिकदेखि मंसीरसम्म २ महिने अवधीमा ३ लाख सिलिण्डर राजधानी गए पनि जिल्लावासीलाई जम्मा २२ हजार सिलिण्डिर मात्रै उदयेगहरुले वितरण गरेका छन् । स्थानीयवासीहरुले पनि उक्त ग्यास राजधानीमा रहेका आफन्तजनहरुलाई पठाएको पाइएको,’ प्रहरी नायव उपरिक्षक सविन प्रधानले बताए ।

‘पुसदेखि यता मात्रै १३ वटा उद्योगहरुले १०० भन्दा बढी ग्यास आयात गरि २ लाख १३ हजार ९ सय सिलिण्डिर राजधानी पठाएका छन् भने स्टकमा २० हजार ६ सय रहेको देखिन आउँछ,’ जिल्ला प्रहरी प्रमुख प्रधानले बताए ।

ग्यास उद्योगीहरुले स्थानीयवासीहरुलाई निकै कम मात्रै दिने गरेको स्थानीयवासीहरुको गुनासो छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment