भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
बलिउड अभिनेता रणविर कपुर र अभिनेत्री क्याटरिना कैफले एकअर्कालाई समय दिन थालेदेखि नै गसिप बजार अनेकन गसिपहरु आए र गए। पहिलो चरणमा दुबै जनाले एकअर्कालइ डेट गरिरहेको कुराहरू आए भने त्यसपछि त्यसको स्विकारोक्ती। तत:पश्चात उनीहरु छिट्टै एकअर्कासँग विवाहवन्धनमा बाँधिन लागेको र उनीहरुका परिवारबिच भेटघाट बाक्लिएको खबरहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन ताले।
गसिपबजार फेरि उनीहरुको सम्बन्ध औपचारिकरुपमा टुङ्गिएको खबरहरु हेडलाइन बन्न सुरु भएको 'डिएनए डट कम' लेखेको छ। पछिल्लो पटक बाहिरिएको खबर अनुसार साथै एकै घरमा बस्दै आएका रणविर र क्याटरिना सँगै बस्न छाडेका छन्।
उक्त अनलाइनका अनुसार कपुर खानदानसँग निकट एक श्रोतका अनुसार विगत २ दिनदेखि रणविर फेरि आफ्ना बाबुआमासँग बस्न थालेका छन्। यसअघि रणविरले आफ्नो कार्टर रोडस्थित घर छोडेको र विल्सन अपार्टमेन्टमा सरेको समाचार सार्वजनिक भएको थियो। यस घरमा छिट्टै रणविरका बाबुआमा ऋषि कपुर र नितु कपुर सर्ने क्रममा रहेको बताइन्छ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment