संविधान संशोधनमा सहमति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं-प्रमुख राजनीतिक दलहरुबीच संविधान संशोधनको परिमार्जनको विषयमा सहमति जुटेको छ। सिंहदरवारमा भएका दलहरुको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले संशोधन विधेयकमाथि राखेको परिमार्जनमाथि सहमति जुटेको हो।
'दलहरुबीच संविधान संशोधनको परिमार्जनको विषयमा सहमति जुटेको छ,' राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नागरिक न्युजसँग भने, 'अब केही समयपछि नै संसदबाट संविधान संशोधन हुने छ।' संशोधन विधेयकमाथि राखिएको परिमार्जनको भाषा मिलाउने जिम्मा एमालेका नेता भीम रावल र परिमार्जनका प्रस्ताव मिनेन्द्र रिजाललाई दिइएको छ।

सहमतिअनुसार हाल कायम रहेको जिल्लामा एक निर्वाचन क्षेत्र हुने र बाँकी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने छ।

दलहरुबीच सहमति जुटेपछि त्यस विषयमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई जानकारी गराईएको थियो। उनीहरुले संशोधन सकारात्मक भए पनि त्यसलाई समर्थन गरेर अहिले जान नसक्ने बताए। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment