कम्तिमा २ महिना चीनसँग इन्धन खरिद सम्झौता हुँदैनः निगम प्रमुख

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले तत्काल चीनसँग इन्धन खरिद सम्झौता नहुने बताएका छन्।
प्रक्रियागत हिसाबमा काम गर्ने हो भने चीनसँग व्यापारीक रूपमा इन्धन खरिद सम्झौता हुन कम्तिमा दुई महिना लाग्ने सेतोपाटीसँग कुरा गर्दै खड्काले भने। ‘चीनसँग इन्धन सम्झौता अन्य व्यापार सम्झौता जस्तो सहज पनि छैन। जति भन्न सहज छ, त्यतिनै चीनसँग इन्धन सम्झौता सजिलो छैन,’ उनले भने।
इन्धन खरिदको सम्झौता भएपछि नेपाल सरकारले दिर्घकालिन चीनबाट इन्धन ल्याउन सक्ने गरी सम्झौता हुनुपर्छ, हचुवाका भरमा हतारमा सम्झौता गर्नुभन्दा सोच विचार गरेर सम्झौता गर्नु उचित हुन्छ,’ खड्काले भने।
कात्तिक ११ गते नेपाल आयल निगम र पेट्रो चाइनाबीच इन्धन खरिदबारे दुईपक्षीय सम्झौता (MOE) भएपनि अझै इन्धन आयातमा पर्ने समस्याका निराकरणबारे निगम अन्तिम निर्णयमा पुगेको छैन। तर, आपूर्ति तथा वाणिज्य मन्त्रालय र निगममा प्रतिनिधिले ३ पटकसम्म चीन भ्रमण गरेका थिए। ‘प्राविधक कुरामा कुनै समस्या नरहेको प्रतिवेदन हामीले सरकार र निगमलाई पेश गरेका थियौ के भयो थाहा भएन,’ प्राविधिक टोलीका एक सदस्यले भने।
निगम र मन्त्रालयका प्राविधिक टोलीले विभिन्न समयमा चीनमा गएर गरेको भम्रण प्रतिवेदन अपुग रहेकाले अझै आयतबारे स्पष्ट हुन नसकिएको खडकाले बताए।
उच्चस्तरीय छलफलका लागि गत पुस ८ गते नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र कमल थापा चीन गएका थिए। थापा चीन भ्रमणको समयमा पनि चीन सरकारले इन्धन खरिद सम्झौताका लागि दुबै पक्षका प्राविधिक टोलीको छलफल आवश्यक पर्ने बताएको थियो। ‘चिनियाँ पक्षले पहिले प्राविधिक टोलीको जवाफ आवश्यक पर्छ भनेको थियो,’ खड्काले सेतोपाटीसँग भने।
‘चीनको पेट्रोचाइनाले पहिले ल्हासाबाट इन्धन दिने बताएपनि पछि विभिन्न कारण देखाएर ल्हासाबाट तेल दिन नसक्ने बतायो,’ उनले भने,’ यसबाट पनि थप समस्या परेको छ।’
पेट्रो चाइनाले तेलको रिफाइनरी स्थल छिङघाईबाट तेल दिने भने पनि पुनः प्राविधिक कुरामै सम्झौता अड्किएको खड्काको तर्क छ।
‘चीनबाट तेल ल्याउन सबैभन्दा ठूलो समस्या मौसम हो। वर्षा सुरू भएलगतै नेपालतर्फ बाटो अवरूद्ध हुन सक्छ, हिउँदमा हिउँ परेकाले चीनियाँ बाटोमा समस्या हुन्छ,’ उनले भने,‘सम्झौता भएपछि पनि तेल ल्याउन नसक्दा नेपालकै इज्जतको सवाल हुन्छ।’
मौसमकै कारण नेपालका ट्याङकर ल्हासा र सिगात्से पुगेर तेल ल्याउन सक्दैनन्। तर त्यसको लागि चिनियाँ ट्याङकर भाडामा लिएर भएपनि केरुङसँग तेल ल्याउन सकिने सम्भावना रहेको उनले दाबी गरे।
नेपालबाट केरुङसम्म साना खालका टयाङ्कर जाने र उताबाट आउने चिनियाँ टयाङकर ठूला भएकाले एउटैमा ट्रान्सफर गर्न नसकिने प्राविधिक टोलीले बताएको छ। ट्रान्सफर गर्ने काम संवेदनशिल हुनाले यसको तयारी नपुगेको भन्दै चिनियाँ पक्षले अड्काएको खड्काको आरोप छ।
चीनबाट इन्धन ल्याउन सुरक्षा, ऐन नियम, भिसा जस्ता थुप्रै समस्या छन्। त्यसका लागि पुन दुई पक्षीय प्राविधिक छलफल आवश्यक छ। अब प्राविधिक कुरा मिलाएर प्रधानमन्त्रीको चीन भम्रण्को समयमा इन्धन खरिद सम्झौता हुनसक्ने खड्काले बताएका छन्।
‘अब नेपाल सरकार कुनै एक देशसँग मात्र इन्धनमा निर्भर रहन सक्दैन,’ उनले भने, ‘यसको लागि हतारमा सम्झौता गर्नुभन्दा प्रक्रिया मिलाएर सम्झौता गर्न आवश्यक हुन्छ।’
चीनसँग प्राविधिक कुरा मात्र नभइ राजनीतिक विषय समेत रहेकाले सरकारले गरेको इन्धन खरिद सम्झौता तत्काल ढिलो भएपनि चीनबाटै इन्धन ल्याइने आपूर्ति मन्त्रालयका उच्च स्रोतले सेतोपाटीलाई भन्यो।
‘चीनले पहिले करको विषय र अहिले प्राविधिक कुरा नमिलेको भन्दै इन्धन खरिद सम्झौतालाई टारिरहेको छ,’ निगम उच्च स्रोतले भन्यो, ‘यसअघि चीन भ्रमणमा गएको निगम र मन्त्रालयको टोलीले सबै कुरा मिले पनि चीन सरकारले स्थानीय कर छुट दिनेरनदिने विषयमा टुंगो लागेको थिएन।’
यसै क्रममा सुटुक्क चीन भ्रमण गरेका आपूर्ति मन्त्री गणेशमान पुनले चीनसँग इन्धन खरिद सम्झौता लागि सबै कुरा मिलिसकेको भन्दै सम्झौता गर्न मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा टोली बनाएका थिए। चीनबाट सम्झौता हुने संकेत नआएपछि सो टोली चीन नगई निगम निर्देशक सुशील भट्टराईको टोली चीन गएको थियो।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment