राजेन्द्र महतो मेदान्तबाट डिस्चार्ज भए

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २२, २०७२- पाँच दिनयता हरियाणाको मेदान्त अस्पतालमा उपचाररत नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य स्थितिमा सुधार आएपछि बुधबार अपरान्ह अस्पतालले डिस्चार्ज दिएको छ ।
"मधुमेह र रक्तचापको असहज स्थितिमा सुधार आएको छ", नेता महतोले अस्पतालबाटै फोनमा भने-"तर प्रहरी कुटपिटका कारण मेरो शरीरको दुःखाइ अझै हटेको छैन । नातागत महसुस गरिरहेको छु ।"
चिकित्सकले फलो-अपका लागि ७ दिनपछि बोलाएकाले आफू दिल्लीमैं आरामीका लागि बस्ने महतोले बताए ।  मेदान्तको अर्थो-ट्रउमा युनिटमा भर्ना गरिएका महतोलाई भिटामिन-डीको कमी देखिएको र शारीरिक कमजोरीका कारण पोषणयुक्त खान्की चाहिने अस्पतालले सुझाएको छ ।
१० दिनअघि सिमावर्ती नाका जोगवनीमा धर्नामा रहेका बेला प्रहरी/प्रशासनसागको झडपमा घाइते भएका महतोलाई गत शुक्रबार सााझ काठमाडौंबाट दिल्ली ल्याइएको थियो । नेता महताको हातखुट्टाका बिभिन्न ठाउामा सुन्निएको र हातका औंलामा फ्र्याक्चर देखिएकाले सिटी स्क्यान, एक्सरे, एमआरआइ गरिएको थियो । महतोलाई रक्तचाप, सुगर, स्नायु रोगलगायतका ७ बिज्ञ चिकित्सकले जााच गरेका थिए ।
"अहिलेलाई राजनीतिको कुरा गर्ने स्थितीमा छैन," महतोले भने-"स्वास्थ्यमा पूर्ण सुधार आएपछि केही दिनमा बोल्नेछु ।" नेपालमा मधेशी मोर्चा सरकारसाग वार्ताको टेबलमा बसिरहेको बेला सद्भावना पार्टी भने यो प्रकृयाबाट बाहिर देखिएको छ । आफ्नो स्वास्थ्य स्थिति र राजनीतिक अवस्थाका बारेमा नेपालबाट प्रधानमन्त्री वा अरु जिम्मेवार कुनै नेताले पनि फोनवार्ता नगरेको महतोले सुनाए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment