न्यानोे कपडाका लागि रकम अभाव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २२, २०७२- सरकारले पुस २४ गतेभित्र भुकम्पपीडितलाई न्यानो कपडाको लागि १० हजार वितरण गरिसक्न निर्देशन दिएपनि निकासा नदिँदा वितरण प्रभावित भएको छ । २४ हजार ३ सय ४३ घरधुरीका लागि आवश्यक रकम जिल्ला प्रशासन कार्यलयले अघिल्लो शुक्रबार नै गृह मन्त्रालयमा माग गरेपनि बुधबारसम्म निकासा भएको छैन ।
मंगलबारको जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले पनि २४ गतेभित्र सबै गाबिसमा वितरण गरिसक्ने निर्णय गरेपनि पैसा लिन जिल्ला प्रशासन कार्यलय पुग्ने सचिवहरु रित्तो हात फर्किने गरेका छन् । मेच्छेका सचिव किशोर महतोले पुस १६ गतेदेखि कुरेपनि रकम नपाएको बताए । 'गाउँबाट जनताले फोन गरेर मार्न लागिसके, रकम लिन गयो प्रशासनबाट दैनिक र्फकनुपर्छ,' उनले भने, '२४ गते वितरण नगरे कार्वाही गर्छु पनि भन्ने तर खातामा पैसा नहालेपछि कसरी वितरण गर्न सकिन्छ ।'
यसअघिको पेश्की फच्र्यौट गरिसकेपनि पोखरी नारायणस्थान, मंगलटार, टुकुचा नाला, भुम्लुटार, मेच्छे, शिसाखानी, रयाले, गैरिबिसौना, काभ्रे गाबिस र पनाैती, पाँचखाल, बनेपा नगरपालिकामा रकम जान सकेको छैन । 'न्यानो कपडाको लागि ५० करोड निकासा भएको थियो, अस्थायी टहराको लागि अनुदान लिएका गैरपीडितले फिर्ता गरेको ६ करोड थपेर ५६ करोड वितरण गर्यौ,' प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, '८३ हजार घरधुरीमध्ये अझै २४ हजार घरधुरीका लागि रकम अभाव हुँदा वितरण गर्न सकेका छैनौँ ।' भुजेलका अनुसार, निकासा भएको रकम मध्येबाट पनि ५९ गाविस र २ नगरमा गरी ३९ करोड ७१ लाख ४० हजार रकम वितरण भइसकेको छ ।
जिल्ला प्रशासन कार्यलयका लेखापाल भीम पोखरेलका अनुसार ६४ गाविस र २ नगरपालिकाका ५७ हजार धरधुरी पुग्ने गरी निकासा पठाइएको छ ।
सरकारी तथ्याकंमा ८६ हजार ९ सय २० घरधुरी पुर्णरुपमा क्षति भएको उल्लेख भएपनि करिब ३७ सय घरधुरीले अस्थायी आवासको लागि दिएको १५ हजार अनुदान फिर्ता गरेका  हुन् ।  भिन्नै बसेको, आशिंक क्षतिलाई पुर्णसहितको फर्जी विवरण देखाएर घरधुरी संख्या बढाइएको हो । सरकारले जारी गरेको निर्देशिकामा 'घर भत्काएर मर्मत गरेर समेत बस्न नसक्ने भएका, सगोलमा रहेका परिवारको नाममा अन्यत्र कतै घर नभएका भुकम्प प्रभावित मात्र अनुदानका लागि योग्य हुनेछन् ' भनिएको छ  ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment