मिस नेपालको आवेदन खुला

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मिस नेपालको आवेदन खुला
काठमाडौं-मिस नेपाल २०१६ प्रतियोगिताका लागि नेपालभरका युवतीका लागि आवेदन खुला गरिएको छ। मिस नेपालको आधिकारिक फेसबुक पेजमार्फत आयोजकले आवेदन खुला गरेको हो ।
प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन ७ सम्ममा आवेदन फारम भरिसक्नुपर्नेछ। प्रतियोगिताको आयोजना हिडन ट्रेजरले गर्दैछ। मिस नेपालको यो २१ औं संस्करण हो। हिडन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपतिका अनुसार विराटनगर, धरान, पोखरा, चितवन, बुटवल र वीरगञ्ज लगायत स्थानमा मिस नेपालको अडिसनको आयोजना गरिने जानकारी गराए ।

१९ देखि २४ वर्ष उमेर समूहका १२ कक्षा पास गरेका युवतीहरुले भाग लिन पाउनेछन् । 'चैतको अन्तिम सातासम्ममा मिस नेपालको फाइनल सम्पन्न भइसक्नेछ । तत्काल मिति तोक्न भ्याइसकेका छैनौं,'आयोजकका राजभाइ सुवालले भने । मिस नेपालको आधिकारिक वेवसाइटबाट प्रतियोगिताहरुले आवेदन फारम भर्न सक्नेछन् ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment