कार दुर्घटनामा सांसद सहित ४ घाइते

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

तनहुँ, १२ माघ । तनहुँमा मंगलबार भएको कार दुर्घटनामा एक सांसद सहित चार जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको बा८च ७५९१ नम्बरको कार घाँसीकुवा–२ देउरालीमा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा भएको उक्त दुर्घटनामा परी कालीकोटका एकीकृत नेकपा माओवादीबाट सांसद बनेका महेन्द्र शाही सामान्य घाइते भएका छन् ।
यस्तै टाउँको र ढाडमा गहिरो चोट लागेकाले माधुरी मगरको अवस्था गम्भीर रहेको छ । साथै सुजा शाही र देवेन्द्र शाही सामान्य घाइते भएका छन् । घाइते चारै जनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment