मधेसी मोर्चामा आर्थिक संकट, सरकारसामू ४५ लाखको विल पेश

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२४ पुस, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा आन्दोलनका क्रममा उपचार खर्चमा मात्र झण्डै ६८ लाख खर्च भएको हिसाव पेश भएको छ ।
तमलोपाको पार्टी कार्यालयमा बसेको बैठकमा स्वास्थ्य उपचार समितिले रिपोर्टिङ गरेको थियो । बी एण्ड बी र सुस्मा मेमोरियलमा उपचाररत दुई जनाको अपरेशनका लागि भोलि नै २ लाख रुपैयाँ चाहिने समितिले बताएको छ ।
बैठकमा मोर्चामा आवद्ध चार वटै दलले ५०-५० हजार जम्मा गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।
 तर, मधेसी मोर्चामा आर्थिक संकट देखिएको छ । एक सदस्यलले भने-औषधी पलसहरुमा २/३ लाखसम्म बाँकी भइसक्यो । अहिले पनि पैसा चाहिएको छ । कसरी जम्मा गर्ने भन्ने जस्तो भइसक्यो ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनका अनुसार काठमाडौंमा मात्र उपचारमा झण्डै ६८ लाख खर्च भएको विवरण पेश भएको छ । जस मध्ये धेरे पैसा अझै दिन बाँकी रहेको छ ।
सरकारले उपचार खर्च व्यहोर्ने भनेपछि मधेसी मोर्चाले झण्डै ४५ लाखको विल पेश गरेको छ । तर, अहिलेसम्म पैसा पाएको छैन । २/३ लाख मात्र सरकारले दिएको छतमलोपा नेता हृदयेश त्रिपाठीले भने-मोर्चाको चार दलले झण्डै १६/१७ लाख जम्मा गरेर खर्च गरेका छन् ।
मधेसी मोर्चाले आर्थिक संकलन गर्न समिति समेत बनाएको थियो । तर, सरकारले वार्ताका क्रममा घाइतेको उपचार गर्ने निर्णय गरेपछि पैसा जम्मा हुन छाडेको त्रिपाठीले बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment