राखेपद्वारा क्यानको तदर्थ समिति गठन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ क्यानको तदर्थ समिति गठन गरेको छ। राखेपका सदस्य सचिव केशव विष्टले शुक्रवार रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको गरेका हुन्।
 
तदर्थ समितिको उपाध्यक्षमा दीपक साउद, रविन्द्र अधिकारी र शैलेश कर्माचार्य रहेका छन्। यस्तै तदर्थ समितिको महासचिवमा पवन अग्रवाल र सचिवमा पूर्ण लामा छन्। 
 
तदर्थ समितिको सदस्यहरुमा निर्वाण चौधरी, विनायक पोखरेल, सुरेशलाल श्रेष्ठ, भरत केसी, डा. हरिशंकर शाह, ऋतुसिंह वैद्य, दिवाकर पौडेल, रञ्जीत तामाङ र एलबी क्षेत्री रहेका छन्। विष्टले तीन महिनाभित्र क्यानको अधिवेशन गराउन तदर्थ समितिलाई जिम्मेवारी दिएको बताए। 
 
यसअघि गत मंसिर २९ गते बहुमत साधारण सदस्य उपस्थित भएको अधिवेशनले तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो। अधिवेशन क्यानकै एउटा समूहले भने बहिष्कार गरेको थियो।
 
त्यसको केही दिनपछि राखेप सदस्य सचिव केशव विष्टले क्यानको सम्पूर्ण जिम्मेवारी कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको थियो। यो सँगै क्यानको विवाद झन उत्कर्षमा पुगेको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment