बेरुजु ९२ अर्ब नाघ्यो, राजनीतिक नियुक्ति पाउनेले चासै दिँदैनन्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Mahalekha-Parichhak-Office
१० माघ, काठमाडौं । सरकार तथा मातहत निकायको बेरुजु रकम ९२ अर्ब रुपैयाँ नाघेको छ । पुरानो बेरुजु फस्र्याेट गर्न ध्यान नदिने तथा नयाँ बजेट परिचालनमा आर्थिक अनुशासनको पालना नगर्ने प्रवृत्तिका कारण बेरुजु रकम बढ्दै गएको समाचार अभियान दैनिकले छापेको छ ।
बेरुजु रकम बर्सेनि बढ्दै गएपनि फस्र्योट गर्न सरोकारवाला निकायले चासो कम दिने गरेका छन् । सार्वजनिक निकायले गरेको खर्चमा अनियमितता देखिए असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की फस्र्योट गर्नुपर्ने गरी महालेखा परीक्षण गर्दा तिन प्रकारको बेरुजु देखाउने गरेको छ ।
बेरुजु कम गर्ने र पुराना बेरुजु शून्यमा झार्ने आफूहरुको प्रयत्न भए पनि विभिन्न कारणले सफल हुन नसकिएको बेरुजु फस्र्योट मूल्यांकन र अनुगमन समितिका सदस्य सचिव दयानाथ शर्माले जानकारी दिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment