निक्षेप लिन हच्किचाउँदै बैंक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Bank
१० माघ, काठमाडौं । बैंकहरुले निक्षेप (डिपोजिट) लिन हिच्किचाउन थालेका छन् । सर्वसाधारणबाट निक्षेप लिनेवित्तिकै ब्याज तिर्नुपर्ने बाध्यता उनीहरुमा छ । तर, त्यस्तो रकम कर्जाको रुपमा लगानी हुन छाडेपछि निक्षेप लिन हिच्किचाएका नागरिक दैनिकमा समाचार छ ।
बैंकहरुले सर्बसाधारणबाट सानो रकम निक्षेप लिए पनि ठूलो रकम जम्मा गर्नेलाई भने हतोत्साहित गर्न थालेका छन् । ठूलो रकम डिपोजिट गर्न आएकालाई न्यून ब्याजदर बताउने वा अन्य त्यस्तै किसिमका बाहाना बनाएर सकेसम्म निक्षेप लिनबाट पन्छिन थालेका छन् ।
बैंकहरु सकेसम्म निक्षेप लिन नपरोस् भन्ने अवस्थामा पुगेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बताए । उनले भने, ‘तर, त्यसरी लिएको निक्षेप ऋणको रुपमा लिन कोही तयार छैनन् ।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment