दलहरुका कारण जनताले ठूलो मूल्य चुकाउनु पर्‍यो: पाण्डे

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राजनीतिक दलहरुको अदुरदर्शीताका कारण नेपाली जनताले ठूलो मूल्य चुकाउनु परेको बताएका छन्। उनले नेपालका राजनीतिक दलहरुले विगतका बिभिन्न समयमा भारतीय भूमिमा गरेको सम्झौताको शुल्क बुझाउँदैमा नेपाली जनता हैरान भएको बताए । 
 
राष्ट्रिय स्वाधिनताका लागि संस्थागत सञ्जाल रुपन्देहीले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने–संविधान जारी पछि भारतले गरेको नाकाबन्दी विगतमा भारतीय भूमि प्रयोग गरेर आपसमा गरिएको सम्झौता बापतको शुल्क हो ।’
 
पाण्डेले राजनीतिक दलहरुले गरेको कमजोरीलाई सच्याउन युवा पुस्ता तयार भइसकेको उल्लेख गर्दै अबको युवा पुस्ता मुलुकको समृद्धिको नेतृत्व गर्ने अवस्थामा पुगेको बताए।  
नाकाबन्दीपछि नेपाललाई कालोबजारीले पुरै नियन्त्रणमा लिएको र त्यसबाट जनताले सास्ती पाउंँदा पनि राज्य शिथिल र निरीह भएको उनले टिप्पणी गरे । 
 
पाण्डेले भारतीय नाकाबन्दीका बिरुद्धको जुटेको जनमतलाई समेत दलहरुले व्यवस्थापन गर्न नसकेको बताउँदै कुटनीतिकरुपमा वर्तमान सरकार असफल देखिएको दावी गरे। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment