श्रम मन्त्रीद्वारा सय दिनभित्र गर्ने कामको सूची सार्वजनिक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



फ्रि भिसा, फ्रि टिकट प्रभावकारी बनाउन स्थायी अनुगमन संरचना स्थापना गर्ने
 
श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले सय दिनभित्र गर्ने कामको सूची सार्वजनिक  गरेका छन् । श्रम तथा रोजगारमन्त्री बोहोराले शुक्रबार मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलन गरी आगामी वैशाख २९ गतेसम्म मन्त्रालय र मातहतका कार्यालयले गर्ने कामको सूची सार्वजनिक गरेका हुन् ।

सय दिने सुधार कार्ययोजनाको नाममा सार्वजनिक ५ पृष्ठको सूचीमा ३० वटा बुँदा समेटिएका छन् । श्रम तथा रोजगारमन्त्री बोहोराले अघिल्लो सरकारले निर्णय गरेर कार्यान्वयनमा रहेको फ्रि भिसा फ्रि टिकटको व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालयमा स्थायी अनुगमन संरचना स्थापना गर्ने बताए ।

उनले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगारदाता मुलुक सम्बन्धी सूचना सामग्रीहरु  स्थानीय भाषामा तयार पारेर उपलब्ध गराउने तथा ११ हजार ५ सय युवाहरुलाई सीप विकास सम्बन्धी तालिम दिने बताए ।

उनले व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज किसिमले विमानस्थलबाटै व्यक्तिगत श्रम स्वीकृति दिइने, स्वास्थ्य परीक्षण गर्ने ५० वटा संस्थाको अनुगमन गर्ने तथा निजामति कर्मचारीहरुको आधिकारिक टेड युनियनको निर्वाचन गर्ने बताए ।

मन्त्री बोहोराले विदेशमा काम गरेर फर्किएका कामदारहरुलाई  राष्ट्रिय सम्मान र उद्यमी राष्ट्रिय पुरस्कार  दिन निर्देशिका बनाउने, मृतक कामदारका परिवारलाई हाल दिईंदै आएको रकम बढाएर ३ लाख रुपैयाँ पुर्‍याउने तथा वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमाको रकम बढाएर कम्तिमा १० लाख रुपैयाँ पु¥याउने समेत बताए । उनले आफूले सय दिनभित्र गर्ने कामका लागि जिम्मेवार निकाय र पदाधिकारी समेत तोकेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment