भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
काठमाडाैं-धेरैलाई
थाहा नहुन सक्छ, अभिनेता राजेश हमाल र भुवन
केसीबीच राम्रो सम्बन्ध छैन । त्यही सम्बन्धको निरन्तरता हालै काठमाडौँको पाँचतारे
होटल सोल्टीमा आयोजित सिजी कामना फिल्म अवार्डको एक कार्यक्रममा पनि देखियो ।
त्यहाँ थुप्रै
फिल्मकर्मीहरू राजेश र भुवन एकअर्कासँग बोल्लान् कि नबोल्लान् भन्नेमा जिज्ञासु
थिए । फोटोग्राफरहरू पनि 'उनीहरू कहिले
अंकमाल गर्लान् र तस्बिर लिइहालौँ' भनेर तयारी अवस्थामा देखिन्थे । तर, कार्यक्रमको
अन्त्यसम्म उनीहरूले बोल्न त के, आँखाको इसारासमेत गरेनन् । कार्यक्रममा उनीहरू एकअर्कालाई
पूर्णतः बेवास्ता गर्दै अरूसँग गफिन मस्त देखिए । अभिनेता रमेश उप्रेतीसँगको गफमा
राजेश व्यस्त देखिए भने भुवन गौरी मल्ललगायत फिल्मकर्मीसँग वाइनको चुस्की लिइरहे ।
आफ्ना पछाडि रहेका
राजेशलाई उनी बेला–बेला व्यंग्य
हानिरहेका हुन्थे । राजेश भने आफ्ना वरिपरि भएकालाई मतलब नगरी गफमै मस्त देखिन्थे
। करिब डेढ घण्टासम्म उनीहरूको त्यो क्रम जारी रह्यो । तर, उनीहरू बोलेनन् ।
भुवन कार्यक्रमबाट एकाएक हराए भने राजेश उप्रेतीसँग डिनर गरेपछि बाहिरिएका थिए ।
राजेशलाई 'महानायक' उपनाम दिइएकोमा
भुवनले विभिन्न कार्यक्रममा आक्रोश व्यक्त गर्ने गरेका छन् । सायद यही कारणले
उनीहरूबीच सम्बन्ध बिग्रिएको हो ।
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment