भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
माघे सङ्क्रान्तिको अवसरमा रसुवा र नुवाकोटको सीमा पर्ने वेत्रावतीमा शुक्रबार गोरू जुधाई प्रतियोगिता सम्पन्न भएको छ।
गोसाइकुण्ड युवा क्लबको आयोजनामा आज १६ हल गोरू जुधाईएको छ।
पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको गोरू जुधाई कार्यक्रमले हजारौ दर्शकलाई मनोरञ्जन दिएको छ।
जिल्लामा फैलँदै गएको गोरु जुधाउने परम्परालाई आफ्नै शैलीमा टोल र गाउँमा दुई-चार हल गोरु जुधाउन गरिएकोमा व्यवस्थित गर्न भन्दै वेत्रावतीवासीमा गोरु जुधाउन थालिएको हो।
कृषि कर्मको लागि पालिएको गोरुलाई हिउँदमा फुर्सदको समयमा जुधाएर मनोरञ्जन दिने र पर्यटन आकर्षण गराउने परम्परा सुरु भएको हो ।
हरेक मेलाको सांस्कृतिक महत्व हूने र यसको संरक्षण गर्दै जानुपर्ने भन्दै समितिका अध्यक्ष सुरज लवजले गोरू जुधाउने पर्व एउटा संकृतिको विकास भइसकेको बताए। वि.स. १८४९ सालमा नेपाल र तिब्बतबीच तेत्रावतीमा भएको सन्धीको खुसीयालीमा गोरू जुधाएर रमाइलो गर्न थालिएको हो।
उनले गोरू जुधाउने परम्पराले आन्तरिक र बाह्य पर्यटनको विकास गर्ने भन्दै संस्कृतिको रूपमा आन्तरिक र बाह्य पर्यटन विस्तारमा भूमिका खेलेको बताए।
मेलामा जुधाइएको गोरुधनीलाई पुरस्कृत समेत गरिएको थियो । विजेता गोरुको धनीलाई ३ हजार रुपैयाँ र हार्ने गोरुको धनीलाई १५ सय रुपैया रकम उपलब्ध गराइएको मेला व्यवस्थापन समितिका अध्यक्ष लवजले बताए।
तारुकामा गोरु जुधाएको हेर्न धादिङ, काठमाडौ, चितवन, हेटौडा, रसुवालगायतका जिल्लाबाट समेत दर्शक आएका थिए भने बेत्रावती र चारघरेमा पनि मानिसको घुइचो लागेको थियो।
ऐतिहासिक प्रमाण नभेटिए पनि यहाँको गोरु जुधाई परम्परा डेढ सय वर्षभन्दा पुरानो मानिन्छ। तारुकामा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली खलकको घर रहेको र उनी मामाघर आउदा भाञ्जालाई मनोरञ्जन गराउन पहिलो पटक गोरु जुधाएको यहाँका बुढापाकाहरुको बताउँछन्। तर यसको प्रमाण भने कतै फेला परेको छैन। भनाई जे जे भए पनि यो यहाको वर्षौ पुरानो परम्परा भएकाले अहिले पनि निरन्तरता दिदै तन्नेरी पुस्तालाई रमाइलो परम्पराले मनोरञ्जन गराउदै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष लवजले बताए।
गोरु जुधाइ मेलालाई थप मनोरञ्जन दिलाउन राजधानीबाट लोकदोहोरी गायक टोली र स्थानीय भजन समूहले दर्शकलाई साङ्गीतिक प्रस्तुति गरेका थिए।
कार्यक्रममा रसुवा-नुवाकोट पर्यटन समाज प्रवर्धन नेपालका अध्यक्ष बलराम न्यौपानेले यो अहिलेसम्म रमाइलोको हिसाबले चलिरहेकोले अब यसलाई पर्यटकीय रूपमा विस्तार गर्नुपर्ने बताए। ‘गोरू जुधाईले स्थानीय ब्यापार पनि बढेको छ। अब प्याकेज बनाएर आन्तरिक र बाह्य पर्यटकलाई निम्त्याइयो पर्यटकीय क्षेत्रमा टेवा पुग्नेछ।’
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |



0 comments:
Post a Comment