बालिकालाई जवरजस्ती गर्ने सरकारी कर्मचारी मिलापत्रपछि छुटे

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



उदयपुरबालिकामाथि जवरजस्ती गरेको आरोपमा दुई दिनअघि पक्राउ परेका जिल्ला शिक्षा कार्यालयका लेखापाल घुँडा टेकेर माफ मागेपछि छाडिएका छन्। गत शनिबार घरमा एक्लै रहेकी गाईघाटकी १५ वर्षीया बालिकामाथि जवरजस्ती गरेको आरोपमा आइतबार कार्यकक्षबाटै पक्राउ परेका थिए। माफ मागेर मिलापत्र गरेपछि मंगलबार साँझ उनी छुटेका हुन्।
घरमा अभिभावक नभएका बेला लेखापाल पन्तले बालिकामाथि अभद्र व्यवहार गरेको कुरा बालिकाले सुनाएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो। उजुरीसँगै सोमबार विहान स्थानीय महिला सञ्जालले कार्यकक्षमै पुगेर उनलाई हातपात गर्न थालेपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।

दुई दिनअघि भएको घटना भन्दै उजुरी आएपछि सोधपुछका लागि निन्त्रणमा लिइएको र मिलापत्रपछि छोडिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुरेन्द्र गुरुङले बताए।

उनको पक्राउसँगै सबै सरकारी कार्यालयका लेखापाल एक भई काम रोक्नेसम्मको चेतावनी दिएका थिए। प्रहरीको महिला सेलले बालिकाका आफन्त, जिल्ला बाल क्लब सञ्जाल, सामाजिक अगुवा र महिला सञ्जाल प्रतिनिधि राखेर गरिएको छलफलमा पन्तले आईन्दा यस्तो घटना दोहो¥याए जस्तोसुकै सजाय भोग्न तयार भएको लिखित कायलनामा गरे। त्यसकै आधारमा आपसी सझदारी आधारमा मिलापत्र गरिएको प्रहरीले जनाइएको छ।

जिल्ला बाल क्लब सञ्जालले भने एक विज्ञप्ति प्रकाशित गर्दै बालिकामाथि भएको दुव्र्यवहारमा माफ मागेकै आधारमा छुट दिइनुले बालअधिकारको उल्लंघन भएको जनाएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment