भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
२९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान
आयोगका आयुक्त केशव बरालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आयुक्त बरालको
कार्यकाल आगामी माघ ६ गते सकिने जनाऊ दिएपछि सोको विरोधमा उनी अदालत गएका हुन् ।
अख्तियारका आयुक्त र प्रमुख आयुक्तको कार्यकाल ६ वर्षको हुन्छ । ०६६ साल माघ ५ गते आयुक्तमा
नियुक्त भएका बरालको सपथ ग्रहण
चारवर्षपछि अर्थात् ०७० साल पुस २५ गतेमात्रै भएको थियो ।
प्रमुख आयुक्त कार्कीले नियुक्ति भएको मितिबाटै कार्यकाल
गणना हुने भन्दै बराललाई बिदा गर्न खोजेपछि उनी अदालत गएका हुन् ।
आयुक्त बरालले सपथग्रहण गरेको मिति ०७० साल पुस २५ बाट कार्यकाल गणना हुनुपर्ने
भन्दै अझै दुईवर्षसम्म आफ्नो पदावधि कायम रहने जिकिर गरेका छन् ।
राष्ट्रपतिबाट भएको आयुक्त बरालको नियुक्तिमा ‘सपथ ग्रहण गरेको मितिबाट लागू हुने गरी’ भन्ने वाक्यांकसमेत प्रयोग गरिएकाले माघ ६ मै कार्यकाल नसकिने आयुक्त बरालले जिकिर गर्दै आएका छन् ।
बरालको नियुक्ति ०६६ सालमै भए पनि सपथ ग्रहण नगरेका कारण ४ वर्षसम्म उनले पदभार ग्रहण गरेका थिएनन् । यो अवधिमा उनले
आयोगबाट तलव वा सुविधा समेत बुझेका थिएनन् ।
आयुक्त बरालको रिटको पक्षमा बरिष्ठ अधिवक्ता शम्भु थापा र
बारका उपाध्यक्ष टीकाराम भट्टराई लगायतले बहस पैरवी गर्ने भएका छन् ।
सोमबार सर्वोच्चमा दर्ता भएको रिटमाथिको सुनुवाई
न्यायाधीशको कार्यव्यस्तताका कारण सर्दै आएको छ ।
बुधबार प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आफैंले हेर्ने भनिए
पनि नभ्याइएकाले विहीबारका लागि सारिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
बराललाई हटाउने कार्कीको इच्छा
पछिल्लो समयमा अख्तियारमा प्रमुख आयुक्त कार्की र आयुक्त बरालवीच दुरी बढेको छ ।
आफ्ना हरेक कामको विरोध गर्दै आएकाले प्रमुख आयुक्त कार्की बराललाई माघ ६ बाटै विदा गर्ने पक्षमा छन् ।
तर, आयुक्त बरालले सर्वोच्च अदालतको ढोका
ढक्ढक्याएपछि अब विषय संवैधानिक निरुपणको प्रश्न बनेको छ ।
बरालले जस्तै आफूप्रति फरक मत राख्दै आएकी अर्की आयुक्त शावित्री थापा गुरुङलाई पनि
प्रमुख आयुक्त कार्कीले अघिल्लो साता जिम्मेवारीबाट मुक्त गराएका छन् । गुरुङले त्रिविबाट समेत सरकारी सुविधा लिएको समाचार सार्वजनिक भएपछि
कार्कीले उनको जिम्मेवारी खोसेका हुन् ।
0 comments:
Post a Comment