'नकारात्मक टिप्पणी गर्नेलाई धन्यवाद !'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

'नकारात्मक टिप्पणी गर्नेलाई धन्यवाद !'
सनी लियोनीले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । कतिपय उनलाई मन पराउँछन्, कतिपय मन पराउँदैनन् । आलोचकका आलोचना खेप्दाखेप्दै पनि सनीका 'रागिनी एमएमएस २' 'एक पहेली लीला' जस्ता फिल्म हिट भएका छन् । छिट्टै उनको फिल्म 'मस्तीजादे' आउँदै छ । यस फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछिन् । एक भारतीय मिडियासँग उनले आफ्नो बलिउड यात्रा र भविष्यबारे गरेको कुराकानीः -
'मस्तीजादे'मा तपाईं दोहोरो भूमिकामा देखिँदै हुनुहुन्छ । सुनिन्छ, यी दुवै भूमिका तपाईंको वास्तविक जीवनसँग मिल्छ ?

हो, यस फिल्ममा मैले दोहोरो भूमिका खेलेकी छु । एउटा लैलाको छ र अर्को लिलीको । लैला त्यस्तै छे, जस्तो दुनियाँ मबारे सोच्छ । जस्तो इन्डियाका मानिस मेरोबारे सोच्छन् । लैला सेक्सी किसिमकी छ । लिली धेरै हदसम्म त्यस्तो छे, जस्तो म वास्तविक जीवनमा छु । ऊ अलि अनाडी र संकुचित मानसिकताकी छ । लैलाको अपोजिट छ लिली । यी कुरा मेरो जीवनसँग मिल्छन् । मानिसले मलाई लैलाजस्तो सम्झिन्छन् तर म वास्तविक जीवनमा त्यसको अपोजिट छु । साँच्चै भन्ने हो भने वास्तविक जीवनमा म लिलीजस्तै छु ।

यस फिल्ममा कमेडी गर्दाको अनुभव कस्तो रह्यो ?

एकदमै रमाइलो । 'रागिनी एमएमएस २' पछि मैले सोचेकी थिएँ, अब मैले सिरियस रोल गर्नु हुन्न । त्यतिखेर नै यो फिल्म पाइयो । यो एकदमै रमाइलो फिल्म छ । हामीले धेरै मस्ती ग¥यौँ । हामीले थाइल्यान्डमा १२ देखि १४ घण्टासम्मको टाइट सेड्युलमा सुटिङ ग¥यौँ । तर, सेटमा रमाइलो गर्दै काम हुन्थ्यो । सुटिङपछि हामी सधैँ रातिको खाना सँगै खान्थ्यो ।

तपाईं आफ्नो फिल्ममा हिरोजस्तै हुनुहुन्छ । केहीले त तपाईंलाई लेडी सलमान खान भन्न थालेका छन् । आलोचकले जेजस्तो भने पनि तपाईंको प्रशंसकले फिल्म हिट बनाइदिन्छन् । यस्तो स्थितिमा तपाईंमाथि कत्तिको दबाब हुन्छ ?

म भाग्यशाली छु । मेरा प्रशंसक मेरा लागि धेरै सहयोगी छन् । यदि उनीहरू न भइदिएको भए म केही पनि हुन्नथेँ । उनीहरूसँग मेरो सम्बन्ध पुरानो हो । त्यतिबेलादेखिको जब म बलिउडमा आएकी पनि थिइनँ । त्यसैले कुनै पनि फिल्म गर्दा ममाथि धेरै दबाब हुन्छ । साँच्चै भन्दा म कसैलाई पनि निराश बनाउन चाहन्नँ । म चाहन्छु, दर्शकले मेरो फिल्म हेर्दा त्यसमा मेरो मेहनत देखून् । उनीहरू सोचून् कि 'सनीले राम्रो प्रयास गरेकी रहेछिन् ।' मैले अलिकति पनि राम्रो गरिरहेकी छु भने त्यो मेरा लागि प्रगतिको कुरा हो । अहिलेसम्म मेरा जति पनि फिल्म छन् तिनमा मैले हिरोका रूपमा नै काम गर्ने प्रयास गरेकी छु ।

बलिउडमा तपाईंले चार वर्ष बिताइसक्नुभयो । आफ्नो यस यात्रालाई कसरी हेर्नुुहुन्छ ?

मेरा लागि यो ठूलो परिवर्तन हो । क्यालिफोर्नियामा मेरो जीवन जस्तो थियो, त्यसको दाँजोमा यहाँ धेरै हदसम्म फरक छ । म यहाँ आउन चाहन्थेँ । यो मेरो सपना साकार भएजस्तै हो । यो यस्तो काम थियो जो म गर्न चाहन्थेँ तर सोचेकी थिइनँ कि यो साँच्चै पूरा हुन्छ । मलाई यहाँ आउने अवसर पाइएला भन्ने लागेको थिएन । सुरुवातमा अप्ठ्यारो लागेको थियो तर अब म क्यामरासामु सहज महसुस गर्छु । अब पहिलेजस्तो अप्ठ्यारो महसुस गर्दिनँ ।

तपाईंले आफ्नो हिन्दी पनि सुधार्नुभएछ ?

म कोसिस गर्छु । स्टाफहरू चाहे मेरा घरका हुन् वा हेयर मेकअप गर्नेहरू तीमध्ये धेरैजसो अंग्रेजी जान्दैनन् । सेटमा पनि लाइटिङ र धेरै क्रू मेम्बरहरू अंग्रेजी बोल्दैनन् । उनीहरू सबैसँग मैले बोल्नुपर्छ । त्यसैले मैले सिकेँ र सिक्न चाहन्छु । साना हुँदा हाम्रा अभिभावकले हामीलाई पञ्जाबी बोल्नका लागि भन्थे । त्यतिखेर म भन्थेँ, 'जब यहाँ कसैलाई पञ्जाबी आउँदैन हामीले पञ्जाबी किन बोल्ने ?' यूएस वा क्यानडामा कोही बोल्दैनन् । तर, म खुशी छु कि मैले दोस्रो अवसर पाएँ । यहाँ म ती कुरा अनुभव गर्न सक्छु, जो मेरा अभिभावकले अनुभव गरेँ ।

कहिलेकाहीँ तपाईंलाई जानीबुझी टार्गेट गरिन्छ जस्तो लाग्दैन ? कहिले कुनै अभिनेत्री तपाईंबारे कमेन्ट गर्छिन् भने कहिले कुनै नेता ?

कहिलेकाहीँ मात्रै होइन मलाई त हरेक दिन टार्गेट गरिन्छ । नेताहरूका कमेन्ट सुनेर म हैरान छु । म उनीहरूको भाषणमा छु । म उनीहरूलाई यही भन्न चाहन्छु किमलाई खुशी लाग्छ, तपाईंहरू मेराबारे यति सोच्नुहुन्छ । त्यसका लागि धन्यवाद । तर, म पनि मान्छे हुँ । अरूले मेरो बारेमा नकारात्मक कुरा गर्दा मलाई पनि दुःख लाग्छ । फेरि, जब म सोच्छुयी मानिस जसले आफ्नो पहिचान बनाइसकेका छन्, ती पनि मेरो बारेमा सोच्छन्, यति कुरा गर्छन् भने उनीहरूलाई धन्यवादबाहेक म के भन्न सक्छु । यो पनि भन्न चाहन्छु कि तपाईंहरूलाई जेजे भन्नु हुन्छ छ भनिराख्नुस् । मलाई केही फरक पर्दैन । भन्नेले त भनिहाल्छन् नि । मेराप्रति नकारात्मक टिप्पणी गर्नेलाई धन्यवाद भन्छु ।

पाँच वर्षपछि आफूलाई कहाँ पाउनुहुन्छ ?

आशा छ, मैले यहाँ काम गरिरहने छु । म व्यावसायिक सोच भएको मान्छे हुँ । यदि ठीकठाक काम पाइयो भने यहाँ बस्छु । नत्र अरू केही काम गर्छु । यस इन्टरटेनमेन्ट इन्डस्ट्रीमा मैले एउटा कुरा सिकेकी छु । यहाँ हरेक दिन पछिल्लो दिनभन्दा फरक हुन्छ । गत वर्ष म अर्कै थिएँ, यस वर्ष अर्कै छु ।

एडल्ट फिल्मबाहेक अरू विधामा पनि काम गर्न चाहनु हुन्छ कि ?

मैले फेमिली ड्रामामा साइन गरेकी छु । यस वर्ष मेरा दुइटा फिल्म आउँदै छन् । जो ड्रामा र अलि गम्भीर किसिमका छन् । हेरुम्, दर्शकले ती फिल्मलाई कति रुचाउँछन् । 


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment