ठगी आरोपमा थुनिएकी रेखाले भनिन्, ' प्रहरीले व्यक्तिगतरुपमा इबी साध्यो'

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


ठगी गरेको भन्दै केहि समय अगाडी पक्राउ परेकी गायिका रेखा शाहले आफूमाथि प्रहरीले व्यक्तिगत इबि साधेको आरोप लगाएकी छिन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रेखाले सो आरोप लगाएकी हुन्। उनले प्रहरीलाई बिना प्रमाण आधार सोधपुछका लागि प्रहरी कार्यालय बोलाएर थुनेको उल्लेख गरेकी छिन्।
रेखाले प्रहरीको हिरासतमा आफूमाथी राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकारको उल्लघंन गरेको र मानसिक यातना दिएको बताउँदै हिरासतबाट मुक्त भएपछि ३ दिन अस्पतालमा उपचार गराउनु परेको जनाएकी छन्। उनले आधारहिन मुद्दामा प्रहरीले झुटो मुद्दालागाएको भन्दै विज्ञप्तिमा, ' त्यो मुद्दा कतिसम्म आधारहिन थियो भन्ने प्रमाण त मलाई अदालतमा पेश गरिएकै दिन बिना धरौटी सामान्य तारेखमा रिहा हुनुले नै पुष्टि गर्दछ' भनेकी छन्।
उनले प्रहरीले विधिको शासनको उलघंन गर्दै प्रहरीले आफूलाई अत्यन्त तल्लो स्तरमा गालीगलौज गरेको पनि बताएकी छन्। उनले आफ्नो विज्ञप्तिमा नेपालको प्रहरी हिरासतमा हुने दुव्र्यवहार र यातना अविलम्ब रोक्न र यसका भागेदारलाई कानुनको दायरामा ल्याउन म राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय नियोगहरुलाई अपील गरेकी छन्।
रेखाले जारी गरेको विज्ञप्ति यस्तो छ:
आदरणीय सञ्चारकर्मी पत्रकार मित्रहरू,
नेपालको फौजदारी न्याय प्रणालीमा प्रहरीले गर्ने अनुसन्धान र अभियोजनका क्रममा मैले भोगेका र देखेका ज्यादतीका सम्बन्धमा तथ्यहरु उजागर गर्नैपर्ने देखेर म यो वक्तव्य जारी गर्दै छु।
बिना सबुत–प्रमाण कसैलाई रिसिइबी साँध्न र कसैको बहकाउमा आएर पक्राउ गर्न कानुनको आदर्श र सिद्धान्तले कसैलाई छुट दिएको छैन। अझ अनुसन्धानको क्रममा हिरासतमा प्रहरीबाट यातना पाउने अवस्थाको कल्पना पनि गर्न सकिदैन, विधिको शासनमा। तर म र मेरा श्रीमान् इन्द्रबहादुर गुरुङमाथि नितान्त व्यक्तिगत रिसिइबी साँध्न हुँदै नभएको अभियोगमा महानगरीय प्रहरी वृत्त, टेकुले सोधपुछ गर्न भनी बोलाएर प्रहरी परिसरमै पक्राउ गरी झूठो मुद्दा चलायो। त्यो मुद्दा कतिसम्म आधारहिन थियो भन्ने प्रमाण त मलाई अदालतमा पेश गरिएकै दिन बिना धरौटी सामान्य तारेखमा रिहा हुनुले नै पुष्टि गर्दछ।
प्रहरी हिरासतमा १० दिन बस्दा बिरामी मलाई औषधिसमेत खान दिइएन। मेरा कानुनी सल्लाहकार, आफन्त, सञ्चारकर्मी र शुभेच्छुकलाई भेट्नसमेत दिइएन। अत्यन्त तल्लो स्तरमा गालीगलौज गरियो, जो अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत छ र यो मानवअधिकारको गम्भिर उलङ्घनको विषय हो।
हिरासतमा प्रहरीले केही थुनुवालाई पिटेको पनि मैले देखे। आजको सभ्य समाजमा हिरासतमा थुनुवामाथि अमानवीय र यातनापूर्ण व्यवहार सह्यै हुन सक्दैन। नेपालको प्रहरी हिरासतमा हुने दुव्र्यवहार र यातना अविलम्ब रोक्न र यसका भागेदारलाई कानुनको दायरामा ल्याउन म राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय नियोगहरुलाई अपील गर्दछु।
ममाथि प्रहरीले लगाएको झूठा मुद्दाको नाम ‘केही सार्वजनिक अपराध’ हो तर यसको संवेदनशीलता नबुझी केही संञ्चार माध्यममा ठगी मुद्दा भनेर आएकोमा त्यसलाई यहाँबाट चाहिँ नदोहोर्‍याइयोस् भन्ने आग्रह पनि गर्दछु।
दूधको दूध, पानीको पानी छुट्टयाउने न्याय प्रणालीप्रति आभारी छु। हिरासतबाट पाएको यातनाले बिग्रिएको स्वास्थ्य स्थिति नर्भिक अस्पतालमा ३ दिन बसेपछि केही सुधार भएको छ र बल्ल म आफूमाथि भएको अन्यायको विरुद्ध यसरी बोल्न सक्ने भएकी छु।
ममाथिको झूठा मुद्दा र हिरासतमा दिइएको यातना नेपालको संविधानको ठाडो उल्लङ्घन त हुँदै हो, सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार र सम्पत्तिको अधिकारको पनि हनन हो। दोषीमाथि कारवाही होस्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment