इस्लामिक स्टेटका चरमपन्थीले आमाको हत्या गरे

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



IS
२४ पुस, काठमाडौं । सिरियामा एक इस्लामिक स्टेटका चरमपन्थीले सार्वजनिक रुपमा आफ्नो आमाको हत्या गरेका छन् ।
बेलायतमा रहेको सिरियन अब्जरभेटरी फर हृयुमन साइट्सका कार्यकर्ताले यो घटनाको जानकारी दिएका हुन् । रक्कामा रहेका प्रत्यक्षदर्शीहरुका अनुसार २१ वर्षका अली सक्रले आफ्नै आमाको हत्या गरेका हुन् ।
उनलाई आमाले संगठन छाड्न भनेकी थिइन् । उनको आफू काम गर्ने पोष्ट अफिस नजिकै हत्या भएको छ ।
अली सक्रले आफूलाई आमा लीना अल कासेमले संगठन छाड्न भनेको साथीहरुलाई सुनाएका थिए । कासेमले छोरालाई अमेरिकी गठवन्धन सेनाले आईएसललाई तहसनहस पार्ने भन्दै संगठन छाड्न भनेको बताइएको छ ।
लगतै आईएसले कासेमलाई गिरफ्तार गरेर मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि चरमपन्थीले खुलेआम रुपमा आफ्नी आमाको हत्या गरेका बीबीसीले जनाएको छ ।
रक्का सन् २०१३ अगष्टमा संगठनको कब्जामा आएपछि आईएसको राजधानी जस्तै बनेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment