पाकिस्तानमा हवाई आक्रमण, ३८ आतङ्ककारी मारिए

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र उत्तरी वाजिरिस्तानमा पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा कम्तीमा ३८ आतङ्ककारी मारिएका छन् । 
 
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको उत्तरी वाजिरिस्तानको सावाल र दत्ता खेल इलाकामा आतङ्ककारी लुकेर बसेको पाँचवटा इलाकामा पाकिस्तानी सैनिकले गरेको कारबाहीमा ३८ आतङ्ककारी मारिएको स्थानीय टेलिभिजन च्यानल उर्दुले जनाएको छ। 
 
सन् २०१४ को जुन १५ बाट उत्तरी वाजिरिस्तानमा आतङ्ककारीविरुद्ध पाकिस्तानी सैनिकले जारी राखेको कारबाहीको क्रममा हालसम्म ३ हजार ४ सय आतङ्ककारी मारिएका सैनिकको दावी रहेको छ। 
 
त्यसैगरी हवाई आक्रमणहरुको दौरान ८ सय ३७ वटा आतङ्ककारी लुकेर बसेको बासस्थान ध्वस्त भएको बताइएको छ।  मारिएका आतङ्ककारीहरुको परिचय भने नखुलेको तर सो इलाकामा ‘तेहरिक तालिवान पाकिस्तान’ को बलियो प्रभाव रहेको हुनाले मारिएका आतङ्ककारी पनि सोही समूहको भएको विश्वास गरिएको छ । रासस/सिन्ह्वा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment